Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा


काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका छन् । पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ । देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गरेका छन् । त्यतिबेला पार्टी एकतावद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उनको भनाइ छ । गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराएका छन् । देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले भने, ‘पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खोल्टीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुप¥यो नि । त्यसकारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ । सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ । रुख चिन्ह र चार तारा झण्डा नेपाली काँग्रेसले पाउनेछ भन्ने विश्वास छ । मलाई विश्वास छ, जित्ने गरी सर्वोच्चले न्याय दिनेछ ।’ देउवाले नेपाली काँग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उनले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन् । पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गरेका छन् । अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ । अन्ततः नेपाली काँग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउन सदस्यहरूको सनाखत अनिवार्य रहेको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गरेका छन् । पार्टी सभापतिलाई जानकारी नै नदिइकन विशेष महाधिवेशन बोलाउन नसकिने उनको भनाइ छ । देउवाले पार्टी विधानमा विशेष महाधिवेशन बोलाउने प्रावधान रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गरेका छन् । त्यतिबेला पार्टी एकतावद्ध रहेको र खुला रूपमा सदस्यता तथा प्रतिनिधिको पहिचान गरी विशेष महाधिवेशन गरिएको उनको भनाइ छ । गगन थापाले विशेष महाधिवेशन बोलाउने कुरा गरेपछि आफूले विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि को–को सदस्य हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको स्मरण गराएका छन् । देउवाले आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधि आफूलाई थाहा नभएको र गगन थापालाई मात्रै थाहा भएजस्तो गरी अघि बढेर महाधिवेशन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

उनले भने, ‘पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खोल्टीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ? ज्यानको खतरा त्यस्तो त्रास कसले फैलाएको छ ? विश्लेषण गरिनुप¥यो नि । त्यसकारण सर्वोच्च अदालतप्रति मेरो विश्वास छ । सर्वोच्च अदालतले न्याय दिनेछ भन्ने विश्वास छ । रुख चिन्ह र चार तारा झण्डा नेपाली काँग्रेसले पाउनेछ भन्ने विश्वास छ । मलाई विश्वास छ, जित्ने गरी सर्वोच्चले न्याय दिनेछ ।’

देउवाले नेपाली काँग्रेससँग सम्बन्धित विवादमा सर्वोच्च अदालतबाट न्याय पाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै उनले त्यसपछि कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबी गरेका छन् ।

पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा पनि आफूहरूले मुद्दा जितेको र राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गरेका छन् । अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्चले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको देउवाको भनाइ छ । अन्ततः नेपाली काँग्रेसले रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?