Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

व्यवस्था र संविधान निर्माणमा भुमिका खेलेका दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकताः सिटौला


काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएका राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूलयाङ्कन गर्दा एकता कमजोर भएको देखिएको बताएका छन् । उनले मुलुकको समृद्धि र मुलुकको स्वाधीनताको रक्षाका लागि दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता रहेको पनि बताएका छन् । उनले गत वर्षको जेनजी आन्दोलनदेखि पार्टीले श्रृंखलावद्ध प्रहारको सामना गर्नुपरको समेत बताएका छन् । उले पार्टी र नेतृत्व थोरै निष्क्रिय भएको मौका छोपेर एउटा पक्षले विशशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेको आरोप पनि लगाएका छन् । उनले भने, ‘आजको दिनमा सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएर गएको छ । जसले मुलुकमा यो परिवर्तन ल्याए, जसले यो संविधान निर्माणमा महत्वपूर्ण योगदान दिए ती सबै राजनीतिक दलहरुको आन्तरिक जीवन र संगठनको मूल्याङ्कन गर्ने हो भने सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएको छ । त्यसबैले सबै राजीतिक दलहरुको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता हो । गत भदौको २३ र २४ गते भएको घटना, उक्त दिन हाम्रो सभापतिमाथि भएको आक्रमण र देश जलेको अवस्थाबाट सिर्जना भएको समस्या विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको छ । र आज हामी यहाँ छौँ र १५ औँ महाधिवेशन आयोजना गर्ने तयारमिा अघि बढिरहेका छौँ । नेपाली काँग्रेस, विशेष गरेर हामीहरुमाथि जसले इतिहासमा लामो संघर्षबाट आएहरुको काँधमा एउटा ठूलो जिम्मेवारी छ पार्टीमा सम्पूर्ण तवरबाट एकता निर्माण गर्ने ।’ उनले पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउने जिम्मेवारी पनि आफूहरुकै काँधमा रहेको पनि बताएका छन्।

काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा लोकतान्त्रिक व्यवस्था निर्माणमा महत्वपूर्ण भूमिका खेलेका सबै राजनीतिक दलहरूको आन्तरिक एकता कमजोर बन्दै गएको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान निर्माणमा महत्वपूर्ण योगदान दिएका राजनीतिक दलहरूको आन्तरिक जीवन र संगठनको मूलयाङ्कन गर्दा एकता कमजोर भएको देखिएको बताएका छन् । उनले मुलुकको समृद्धि र मुलुकको स्वाधीनताको रक्षाका लागि दलहरूको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता रहेको पनि बताएका छन् । उनले गत वर्षको जेनजी आन्दोलनदेखि पार्टीले श्रृंखलावद्ध प्रहारको सामना गर्नुपरको समेत बताएका छन् । उले पार्टी र नेतृत्व थोरै निष्क्रिय भएको मौका छोपेर एउटा पक्षले विशशेष महाधिवेशनको नाममा पार्टी कब्जा गरेको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘आजको दिनमा सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएर गएको छ । जसले मुलुकमा यो परिवर्तन ल्याए, जसले यो संविधान निर्माणमा महत्वपूर्ण योगदान दिए ती सबै राजनीतिक दलहरुको आन्तरिक जीवन र संगठनको मूल्याङ्कन गर्ने हो भने सबै राजनीतिक दलहरुको आन्तरिक एकता अत्यन्त कमजोर भएको छ । त्यसबैले सबै राजीतिक दलहरुको आन्तरिक एकता सुदृढ गर्नु आजको आवश्यकता हो । गत भदौको २३ र २४ गते भएको घटना, उक्त दिन हाम्रो सभापतिमाथि भएको आक्रमण र देश जलेको अवस्थाबाट सिर्जना भएको समस्या विशेष महाधिवेशन गरेर एउटा पक्षले हाम्रो पार्टी कब्जा गरेको छ । र आज हामी यहाँ छौँ र १५ औँ महाधिवेशन आयोजना गर्ने तयारमिा अघि बढिरहेका छौँ । नेपाली काँग्रेस, विशेष गरेर हामीहरुमाथि जसले इतिहासमा लामो संघर्षबाट आएहरुको काँधमा एउटा ठूलो जिम्मेवारी छ पार्टीमा सम्पूर्ण तवरबाट एकता निर्माण गर्ने ।’

उनले पार्टीलाई सम्पूर्ण रुपमा एकतावद्ध बनाउने जिम्मेवारी पनि आफूहरुकै काँधमा रहेको पनि बताएका छन्।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?