Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत


निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्योः महत

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको टिप्पणी गरेका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनअघि विशेष महाधिवेशन पक्षधरले पार्टी नेतृत्व परिवर्तन भए मात्रै परिणाम आउने दाबी गरेको भएपनि जनताले अस्वीकार गरिदिएको बताएका छन् । उनले अहिले राष्ट्रियताको जडलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै विशेष महाधिवेशन त्यसैको श्रृंखला भएको आरोप पनि लगाएका छन् । उनले सर्वोच्च अदालतले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ महाधिवेशन गर्न पाउनेगरी न्याय दिने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले नेपालको राष्ट्रियताको जडलाई कमजोर बनाउने कोसिस भएको छ । र त्यही श्रृंखलामा विशेष महाधिवेशनको नाउमा आवश्यक नै नभएको चिज भयो । त्यही भएर अहले हामी दुईतिर अधिवेशन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । त्यसबेला निर्वाचनभन्दा अगाडि पार्टीको नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ भनिएको थियो । जनताले हामीलाई पत्याउँछन् भनिएको होइन । खै त जनताले पत्याएको ? त्यसकारण पनि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो । त्यसकारण हामी अदालतमा कानूनी बाटो अख्तियार गरेर पनि गएका छौँ । त्यसको निस्सा पनि आएको छ । चाँडै नै सुनुवाइ होला र यदि यो देशमा न्याय छ भने, यो देशमा कानून छ भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५ औँ अधिवेशन गर्न पाउँछौँ ?’

उनले पार्टीको आत्मा आफूहरुसँगै रहेको जिकिर पनि गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?