Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

‘पार्टी टुक्रिने सम्भावना देखिएको छ, एकजुट पारेर अघि बढौँ’ –शशांक कोईराला


काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताएका हुन् । कोईरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गरे । तर सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उनको भनाइ छ । उनले भने, ‘पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ । यो अधिवेशनलाई सफल पारौँ । यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो । लोकतन्त्रको सफलता हो । हामीले बनाएको संविधानको सफलता हो । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु । तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ । यसैमा हाम्रो भलाई छ ।’ पार्टीभित्रको अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी महाधिवेशन शेरबहादुर देउवाको नेतृत्वमा हुने उल्लेख गर्दै महाधिवेशनलाई सफल बनाउनु नै काँग्रेस, राष्ट्र, लोकतन्त्र र संविधानको सफलता भएको बताएका हुन् । कोईरालाले पार्टी अहिले अप्ठ्यारो अवस्थामा रहेको र विभाजनको सम्भावनासमेत देखिएको उल्लेख गरे । तर सबैलाई एकजुट बनाएर अघि बढ्नु नै पार्टीको हितमा हुने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीलाई एकजुट पारौँ । आउँदो अधिवेशनमा शेरबहादुरको नेतृत्वमा अधिवेशन हुन्छ । यो अधिवेशनलाई सफल पारौँ । यो सफलता नै नेपाली काँग्रेसको सफलता हो र राष्ट्रको सफलता हो । लोकतन्त्रको सफलता हो । हामीले बनाएको संविधानको सफलता हो । पार्टी टुक्रिने पनि हो कि भन्ने सम्भावना देखिरहेको छु । तर हाम्रो प्रयास रहन्छ कि उनीहरूलाई एकजुट पारेर हामी अगाडि जाऔँ । यसैमा हाम्रो भलाई छ ।’

पार्टीभित्रको अवस्थाप्रति भने उनले चिन्ता व्यक्त गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?