Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह


काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताएका छन् । विशेषगरी खाना पकाउने ग्यासको अभाव र बजारमा बढिरहेको मूल्यवृद्धिले आम नागरिकलाई समस्या परेको उनको भनाइ छ । सुशासन दिने उद्देश्यले गठन भएको भनिएको सरकारले सुशासनको वास्तविक अर्थ नै स्पष्ट पार्न नसकेको भन्दै उनले नागरिक अन्योलमा परेको बताएका छन् । उनले परिवर्तनको अपेक्षासहित जनताले नयाँ सरकारलाई समर्थन गरे पनि अपेक्षाअनुसार परिवर्तन देखिन नसकेको जिकिर गरेका छन् । सिंहले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र प्रभावकारी सुशासन स्थापित गर्न नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् । उनले भने, ‘यहाँ कसैले ठूलै विकास गर्छौं, सुशासन ल्याउँछौं भन्दैमा मात्र हुँदैन । अहिले सुशासन र भ्रष्टाचारविरुद्ध बनेको सरकारले के काम गरिरहेको छ भन्ने कुरा जनताले स्पष्ट देखिसकेका छन् । चुलो बाल्न ग्यास पाइँदैन, बजारमा गयो भने मूल्य आकाशिएको छ । यस्तो अवस्थामा सुशासन भनेको के हो? जनता आफैं अलमलमा छन् । शुरुमा जनताले ‘अब परिवर्तन आउँछ’ भनेर आशा गरेका थिए । तर परिवर्तन कहाँबाट आयो? फेरि उही पुरानै अवस्था दोहोरिएको छ । त्यसैले भ्रष्टाचारमा शून्य सहनशीलता र वास्तविक सुशासन स्थापित गर्न कांग्रेस नै आवश्यक छ भन्ने जनमत विस्तारै बढ्दै गएको देखिन्छ । यसतर्फ हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’ काँग्रेस सरकारमा आउनुपर्छ भन्ने जनमत बिस्तारै बढ्दै गएको दाबी गर्दै उहाँले त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताएका छन् ।

काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै जनजीविकाका समस्या समाधान गर्न नसकेको आरोप लगाएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले ठूलाठूला विकास र सुशासनको दाबी गरे पनि व्यवहारमा नागरिकले त्यसको अनुभूति गर्न नसकेको बताएका छन् । विशेषगरी खाना पकाउने ग्यासको अभाव र बजारमा बढिरहेको मूल्यवृद्धिले आम नागरिकलाई समस्या परेको उनको भनाइ छ । सुशासन दिने उद्देश्यले गठन भएको भनिएको सरकारले सुशासनको वास्तविक अर्थ नै स्पष्ट पार्न नसकेको भन्दै उनले नागरिक अन्योलमा परेको बताएका छन् । उनले परिवर्तनको अपेक्षासहित जनताले नयाँ सरकारलाई समर्थन गरे पनि अपेक्षाअनुसार परिवर्तन देखिन नसकेको जिकिर गरेका छन् । सिंहले भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र प्रभावकारी सुशासन स्थापित गर्न नेपाली काँग्रेसको नेतृत्व आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘यहाँ कसैले ठूलै विकास गर्छौं, सुशासन ल्याउँछौं भन्दैमा मात्र हुँदैन । अहिले सुशासन र भ्रष्टाचारविरुद्ध बनेको सरकारले के काम गरिरहेको छ भन्ने कुरा जनताले स्पष्ट देखिसकेका छन् । चुलो बाल्न ग्यास पाइँदैन, बजारमा गयो भने मूल्य आकाशिएको छ । यस्तो अवस्थामा सुशासन भनेको के हो? जनता आफैं अलमलमा छन् । शुरुमा जनताले ‘अब परिवर्तन आउँछ’ भनेर आशा गरेका थिए । तर परिवर्तन कहाँबाट आयो? फेरि उही पुरानै अवस्था दोहोरिएको छ । त्यसैले भ्रष्टाचारमा शून्य सहनशीलता र वास्तविक सुशासन स्थापित गर्न कांग्रेस नै आवश्यक छ भन्ने जनमत विस्तारै बढ्दै गएको देखिन्छ । यसतर्फ हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ ।’

काँग्रेस सरकारमा आउनुपर्छ भन्ने जनमत बिस्तारै बढ्दै गएको दाबी गर्दै उहाँले त्यसतर्फ पार्टीले ध्यान दिनुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?