Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
९ कार्तिक २०८३, आईतवार
९ कार्तिक २०८३, आईतवार

नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक- देउवा


‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा

काठमाडौँ। नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण नेपालमा प्राकृतिक विपद्को जोखिम बढ्दै गएको बताएका छन् ।

बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै भोटेकोशी बाढीबाट प्रभावित रसुवादेखि चितवन र देशभरका नागरिकको अवस्थाप्रति दुःख व्यक्त गर्दै देउवाले विपद्मा ज्यान गुमाउनेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले पछिल्लो समय विश्वभर तापक्रम बढिरहेको, समुन्द्री सतहसमेत उक्लिँदै गएको र ग्लोवल वार्मिङका कारण विभिन्न स्थानमा ठूला प्राकृतिक दुर्घटना भइरहेको बताए । नेपालमा समेत यसको प्रभाव प्रत्यक्ष रूपमा देखिन थालेको उनको भनाइ छ । देउवाले नेपालले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्युनिकरणका लागि विश्वव्यापी रूपमा अभियान सञ्चालन गर्नुपर्ने बताए । उनले हिमालमा हिउँ घट्दै जानु जलवायु परिवर्तनको गम्भीर संकेत भएको बताएका छन् ।

उनले भने, ‘ अस्तिको पहिरो र बाढीका कारण चितवनदेखि काभ्रेपलाञ्चोकसम्म ठूलो जनधनको क्षति भएको छ । बाढी–पहिरोमा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दछु । आज जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण संसारभरि प्राकृतिक विपद् बढिरहेका छन् । तापक्रम र समुन्द्री सतह बढिरहेको छ, त्यसको असर नेपालमा पनि स्पष्ट देखिन थालेको छ । हाम्रा हिमालहरूमा हिउँ घट्दै गएको छ, कतिपय हिमाल काला देखिन थालेका छन् । त्यसैले नेपालले जलवायु परिवर्तनविरुद्ध विश्वव्यापी अभियानमा अझ सक्रिय भुमिका खेल्नुपर्छ । नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई जलवायु संकटबाट जोगाउन हामी सबैले मिलेर काम गर्नुपर्छ ।’

देउवाले जलवायु परिवर्तनबाट नेपाललाई जोगाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रभावकारी पहल र अभियान आवश्यक रहेकोमा जोड दिएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?