Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग


भदौ २३ र २४ का घटनामा संलग्न सबैलाई कारबाही गर्न गगन थापाको माग

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले गत वर्ष भदौ २३ र २४ गते भएका घटनामा संलग्न सबै पक्षको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

उनले गत वर्षको भदौ २३ गतेको जेन–जी आन्दोलनका क्रममा भएको राज्य दमनदेखि भदौ २४ गते भएको हिंसा, आगजनी र सार्वजनिक सम्पतीको विनाशसम्मका घटनाको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन् । वीपी कोईरालाको जन्मजयन्तीका अवसरमा बोल्दै थापाले भदौ २४ गते आफ्नै घर जलेको र आफ्नो परिवारसमेत आगलागीको जोखिममा परेको स्मरण गरेका छन् । तर आफू र आफूजस्ता व्यक्तिको घर जलेको पीडाभन्दा आन्दोलनका क्रममा सन्तान गुमाएका आमाबुबा तथा घटनामा घाइते भएका युवाको पीडा ठूलो रहेको उनको भनाइ छ । उहाँले भदौ २४ लाई आफूले व्यक्तिगत क्षतिको दिनका रूपमा मात्र नहेरेको बताएका छन् । उनकाअनुसार उक्त दिनसँग जोडिएका अनुत्तरित प्रश्नको जवाफ खोज्न नसकिए सिंगो समाजले त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्ने बताएका छन् ।

उनले भने, ‘भदौ २४ गते मेरो घर जल्यो । मेरो परिवार झन्डै त्यही आगोमा परेको थियो । मेरो मात्र होइन, त्यो दिन धेरैको घर जल्यो । धेरै सार्वजनिक सम्पत्तिहरू क्षणभरमा जलेर नष्ट भए । घरहरू मात्र जलेका थिएनन्, त्यो दिनले थुप्रै परिवारहरूलाई कहिल्यै नमेटिने घाउ पनि दिएको छ । तर म र मजस्ता व्यक्तिहरूको जलेको घरको पीडा गौण हुन्छ, जुन बेला हाम्रो अगाडि त्यो दिन वा त्योभन्दा एक दिन अगाडि आफ्नो सन्तान गुमाएका आमाहरू आएर उभिनुहुन्छ । हाम्रा पीडाहरू गौण हुन्छन्, यतिखेर त्यो घटनामा परेर घाइते भएका युवाहरू, जसको त्यो दिनबाट जीवन बदलिएको छ, उनीहरू आएर उभिन्छन् । भदौ २३ भनेको नौजवान युवाहरूले आफ्नो आक्रोश व्यक्त गरेको दिन थियो । अदम्य शाहस प्रकट गरेको दिन थियो । जेन–जी युवाहरूको विद्रोहको दिन थियो । र त्यो दिन ती युवाहरूमाथि राज्यको चरम दमन भएको थियो। त्यो दिन शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गरेर त्यसलाई उक्साउने काम भएको थियो । त्यो उक्साउनेहरू को थिए, तिनको पहिचान हुनुपर्छ । त्यो दमन गर्नेहरूले सजाय पाउनै पर्छ ।’

थापाले भदौ २३ गतेबाटै घटनाको समीक्षा गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?