Trending
>>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न सकेन :मिराज ढुंगाना


मिराज ढुंगानाले भने–‘म जनजीविकामा सुधार देख्दिनँ, मलाई सत्ताको लोभ छैन’

काठमाडौँ। जेन–जी अभियन्ता मिराज ढुंगानाले नयाँ सरकार गठन भएपछि जनजीविकामा अपेक्षित सुधार आउन नसकेको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले महँगी बढेको र सरकारले सुशासन तथा सामाजिक न्यायको क्षेत्रमा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । ढुंगानाले विशेषगरी गृहिणीहरू महँगीको मारमा परेको बताउदै उनले एक साताका लागि आवश्यक तरकारी किन्नसमेत दुई–तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था आएको दावी गरेका छन् । उनले सरकारसँग सुशासनको अर्थबारे प्रश्न गर्दै सामाजिक न्यायसमेत नागरिकले अनुभूति गर्नेगरी कार्यान्वयन हुन नसकेको बताए । विभिन्न पक्षसँग सरकारले गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनले गरिमा चौधरी, गणेश नेपाली र जेनजीसँग भएका सम्झौता अहिले कहाँ छन् भनेर प्रश्न गरेका छन् । ढुंगानाले आफूले विगतमा उठाएका विषय र राखेका अडानबाट पछि नहटेको स्पष्ट पारेका छन् ।

उनले भने, ‘ हिजो पनि मलाई सोधियो, नयाँ सरकार आएपछि उपलब्धि के भयो ? म जनजीविकामा कुनै सुधार देख्दिनँ । गृहिणीहरू सबैभन्दा बढी पीडित छन् । महँगी आकाशिएको छ; एक हप्ताको तरकारी किन्न पनि दुई–तीन हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ । सुशासनको रट लगाउनेहरूलाई म सोध्न चाहन्छु,सुशासन भनेको के हो ? यो देशमा सामाजिक न्यायसमेत डेलिभर भएको छैन। गरिमा चौधरी, गणेश नेपाली र जेन्जीसँग गरिएका सम्झौता आज कहाँ छन् ? ती सम्झौता कुन डस्टबिनमा पुगे ? मैले ती सम्झौताबारे प्रश्न उठाउँदा अराजक भनियो । तर आज पनि मैले उठाएका हरेक प्रश्नमा मेरो उत्तिकै बलियो अडान छ । म आफ्ना शब्दबाट पछाडि हटेको छैन र हट्ने पनि छैन । सायद त्यसैले म सडकमा छु, र मलाई सडकमा नै हुन मन छ । मलाई सत्ताको लोभ छैन, कुनै पदको लोभ छैन । यो कुरा आज स्पष्ट गर्न चाहन्छु ।’

आफू सडकमा रहनुको कारण पनि यही अडान भएको उनको भनाइ छ । उनले आफूलाई सत्ताको लोभ नभएको जिकिर गर्दै सरकारलाई विगतमा भएका सम्झौता र प्रतिवद्धतामा फर्किएर तिनको कार्यान्वयनको अवस्था हेर्नसमेत आग्रह गरेका छन् ।


प्रकाशित मिति: २४ भाद्र २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?