काठमाडौं । गत वर्षको २३ र २४ भदौमा भएको जेनजी युवा पुस्ताको आन्दोलनमा शहिद भएकाहरूको स्मृतिमा दीप प्रज्वलन गरिएको छ ।
कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीको आयोजनामा पार्टी केन्द्रीय कार्यालय त्रिपुुरेश्वरमा मंगलवार साँझ शहिदहरुको स्मृति तथा सम्मानमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा पूर्वमन्त्री समेत रहेका पार्टी अध्यक्ष घिसिङको समेत सहभागिता रहेको थियो । दीप प्रज्वलनमा शहिद परिवार्, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका हुन् । सो क्रममा अध्यक्ष घिसिङले जेनजी युवापुस्ताको भावनाअनुसार भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुपर्ने बताएका छन् । उनले स्वदेशमै रोजगारीको अवसर तथा राज्यकका निकायमा समेत जेनजी पुस्तालाई सहभागिथ गराउनुपर्ने आम युवापुस्ताको माग सम्बोधन गर्न सरकार गम्भीर हुनुपर्ने बताए । यद्धपी बालेन्द्र शाह नेतृृत्वको सरकार सो दिशामा अगाडि बढ्न नसकेको उनको आरोप छ । सरकार गठन भएको ६ महिना बितिसक्दा पनि आम नागरिकमा रहेको निराशालाई सरकारले आशामा बदल्न नसकेको आरोप लगाउदै उनले सरकारलाई जेनजी युवा पुस्ताको भावनाअनुसार अघि बढ्नको लागि सबै पक्षबाट सरकारलाई खबरदारी गर्न आवश्यक रहेको पनि बताएका छन् ।
उनले भने, ‘जेनजीहरुको माग सरकार परिवर्तन मात्र थिएन । मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्नुपर्ने माग पनि थियो । युवाहरुलाई स्वदेशमे बसेर काम काम गर्ने वातावरण बनोस्, राजयका निकायहरुमा जेनजीलाई पनि सहभागि गराओस् भन्ने युवा पुस्ताको भावनाअनुसार अहिलेको सरकार बनेको हो । दुई तिहाईको सरकारले जेनजी आन्दोलनको भावना अनुसार अघि बढेर उनीहरुका मागहरु सम्बोधन गर्नुपर्छ भन्ने हामी सबैको चाहाना हो । तर, ६ महिना बितिसक्दा समेत सरकार त्य दिशामा अघि बढ्न सकेको छैन । सरकारले आम जनता र युवापुस्तामा रहेको निराशा चिर्नुपर्ने चुनौती रहेको छ । दुई तिहाईको सरकारले यो निराशालाई आशामा बदल्नुपर्नेमा ठिक उल्टो भएको छ । त्यसतर्फ हामी सबैले सरकारलाई खबरदारी गर्न आवश्यक रहेको छ ।’
कार्यक्रममा बोल्दै शहिद परिवारका सदस्य तथा घाइतेहरुले शहिदका माग पुरा गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे । गत वर्ष २३ भदौमा संघीय राजधानी काठमाडौंमा भएको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । सोही प्रहरी दमनको विरुद्धमा भोलिपल्ट २४ भदौमा देशभर आन्दोलन चर्किएको थियो । दुई दिनको प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरेर ७६ जनाको मृत्यु भएको थियो । साथै कार्यपालिका, न्यायपलिका व्यवस्थापिकासँगै सरकारी तथा निजी सम्पतीमाथि आगजनी, तोडफोड र लुटपाट मच्चिएको थियो ।
प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलवार