Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

जेन–जी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री


जेन–जी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताएका छन् ।

जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले अब गोली चलाउने हिम्मत कसैको नभएको बताएका छन् । शहीद परिवार, घाइते तथा जेन–जी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाई छ । उनले शहीद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गरेका छन् । उनले जनताले आफूलाई दिएको जिम्मेवारी ईमानदारीताका साथ पूरा गर्ने दाबी गरेका छन् । मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उनको भनाई छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने दाबी गर्दै उनले सुशासनको जगमा बनेको वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने बताएका छन् ।

उनले भने, ‘शहीदका परिवारले पनि कतिचोटी भन्नुहुन्छ हाम्रो माग पूरा हुँदैन कि क्या हो भनेर भन्नुहुन्छ । सम्पूर्ण घाइतेहरू, शहीद परिवारहरूलाई र सम्पूर्ण जेन–जी युवा पुस्ताहरूलाई के भन्न चाहन्छु भने हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ, त्यो चाहिँ मेरो शिरबाट मात्र हुन्छ । तपाईंको यो मन्त्री, तपाईंको यो दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ भनेको त्यो कुरा भनेको गोलीले हो । अर्को गोली चल्नुपर्छ । र अर्को गोली चल्नलाई यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउनलाई यो देशमा हिम्मत गर्न सक्दैन । त्यही भएर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, जबसम्म मेरो यो ज्यानमा प्राण छ, कुनै नेपाली, कुनै दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख हुन्न । कमी–कमजोरी होला, तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्नौँ । तपाईँले आफ्नो छोरा, छोरी गुमाउनुभयो होला, तर रगतको नाता पनि नहोला हामीमा, तर परिवर्तनका चाहना, उहाँहरूको सपना, जसरी उहाँहरू लड्नुभएको थियो, त्यो सपनालाई राखेर मलाई आफ्नै परिवार, आफ्नै छोरा, आफ्नै दाइ, आफ्नै भाइ सम्झेर मलाई व्यवहार गर्दिनुहुन्छ भनेर म आशावादी पनि छु । म तपाईँकै छोरा भनेर सोच्नुस्, त्यो मन्त्रीको कुर्सी मेरो लागि १५ हजारको लागि मात्र हो, १५ हजारको कुर्सी मात्र हो त्यो, जुन तरिकाले तपाईँले मलाई त्यहाँ पठाउनुभएको छ, मेरो काँधमा जिम्मेवारी दिएर पठाउनुभएको छ । त्यो पद मेरो लागि जिम्मेवारी हो ।’

वर्तमान सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको उनको दाबी छ । हरेक दिन मन्त्रालय प्रवेश गर्दा आफूले जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने आफूमा डर रहने गरेको उनले बताएका छन् । सुरक्षाकर्मीको मनोबल बढाउने, जेन–जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको उनको भनाई छ ।


प्रकाशित मिति: २३ भाद्र २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?