Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना


त्रिशूली–३ जलविद्युत आयोजनाको उद्धारलाई प्राथमिकता दिएका छौँः नेपाली सेना

काठमाडौँ। रसुवा बाढीको कारण क्षतिग्रस्त त्रिशूली–३ बी जलविद्युत आयोजनामा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

चुनौतीका बाबजुदपनि उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम अगाडी बढाईएको नेपाली सेनाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले त्रिशूली ३ बी ९० जनाको उद्धार टोली परिचालन गरिएको जानकारी दिएका छन् । उनले बाढीले ल्याएको लेदोको दलदल र हिलोका कारण खोजी तथा उद्धारमा कठिनाइ भइरहेको बताए । उनकाअनुसार आयोजनाको कार्यालय तथा आवास क्षेत्रमा मानिसहरू रहेको हुनसक्ने आशंकामा उद्धार टोलीले खोजीलाई तिब्रता दिएको छ । उनले बाढीले बनाएको दलदलका कारण आयोजनास्थलमा उद्धार उपकरण लैजानसमेत समस्या भएको बताएका छन् । उद्धारका लागि सानो एक्स्काभेटर आयोजनास्थलमा पुर्याइएको छ भने केही स्थानमा उद्धारकर्मीले साबेलकै प्रयोग गरेर हिलो तथा माटो हटाइरहेका छन् । हाल त्रिशूली–३ ए को सुरुङबाट त्रिशूली–३ बी को सुरुङतर्फ जान सकिने कुरा पत्ता लगाएकोले त्यही मार्ग हुँदै एक्स्काभेटर लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । आयोजना नजिकै सुकुम्बासी बस्तीसमेत रहेकाले बाढीले जलविद्युत् आयोजनाको कार्यालय तथा आवास क्षेत्रसँगै उक्त बस्तीमा समेत ठूलो क्षति पुर्याएको उनको भनाई छ ।

उनले भने, ‘हाम्रो फोकस अहिले त्रिशुली ३ बी आयोजनामा रहेको छ, यसको हामीले रेकी भदौ १० गने नै गरेका थियौँ । तर त्यहाँको हिजोको दलदलले हामीलाई धेरै समस्या गरेको थियो । अहिले त्यहाँ हाम्रो ९० जनाको टोलीले काम गरिरहेको छ । यो रनिङ पोजेक्ट थिएन, तर अफिस र अकुमोटेशनमा मान्छे थिए भन्ने आएको छ । यसमा टनेलभित्र मान्छे छैनन्, यसका हामीले उद्धारको लागि निकै चुनौति व्यहोनुपरेको छ, यहाँ सानो स्काईभेटर झार्न हामी सक्षम भएका छौँ, यसमा चाहीँ मानिसले साबेलले नै हिजो पन्छाउने काम भईरहेको छ । अहिले हामी अफिलको खोजी गरिरहेका छौँ । त्रिशुली ३ ए को टनेलबाट बी को टनलेमा जना सकिने भएकोले हामीले टनेलमार्फट स्काईभेटर लाने प्रयास गरिरहेका छौँ । यस क्षेत्र नजिकै सुकुम्बासी बस्ती पनि भएकोले बाढीले हाईड्रोको अफिस र सुकम्बासी बस्तीमा बढी क्षति गरेको हाम्रो अनुमान छ ।’

उनकाअनुसार रसुवा बाढीले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका ११ वटा जलविद्युत आयोजनाका कार्यालय, आवास, सुरुङ, हेडवर्क, टेलवर्कलगायत संरचनामा क्षति गरेको छ । सबै आयोजनाभित्र फसेकाहरुको नेपाली सेनाको नेतृत्वमा उद्धार कार्य भईरहेको उनले जानकारी दिएका छन् । उनकाअनुसार रसुवागढी जलविद्युत आयोजनामा भदौ १० गतेदेखि नै खोज तथा उद्धार जारी छ । उद्धार टोली सुरुङभित्र करिव २७५ मिटर प्रवेश गरे पनि अहिलेसम्म केही फेला पार्न सकेको छैन । लाङटाङ जलविद्युत् आयोजनामा भदौ १३ गतेदेखि जारी उद्धारका क्रममा एउटा शव फेला परेको छ भने खोजी जारी छ । चिलिमे जलविद्युत आयोजनामा भारतीय विशेषज्ञ टोलीको समेत सहयोगमा भदौ १४ गतेदेखि उद्धार भइरहेको छ । उद्धार टोली सुरुङभित्र करिब ११० मिटर पुगेको छ । चिलिमेको सुरुङ उकालो भएकाले हिलो कम रहेको र अब उद्धारको गति बढ्ने अपेक्षा गरिएको थापाले बताए । त्यस्तै, माथिल्लो त्रिशूली–१ मा कोरियाली विशेषज्ञसहितको टोलीले उद्धार कार्य गरिरहेको छ भने त्रिशूली–३ ए मा चिनियाँ टोलीसँगको सहकार्यमा खोज तथा उद्धार भइरहेको उनले जानकारी दिएका छन् ।

उनले चिनियाँ टोलीले माथिल्लो क्षेत्रमा भएका सूचनाहरु संप्रेशन गरिरहेको पनि जानकारी दिएका छन् । लाङटाङ क्षेत्रमा पहिरोले बनेका बाँध तथा हिमतालहरू हाल सामान्य अवस्थामा रहेको चिनियाँ टोलिले सूचना पठाएको छ । यद्यपि हिमपहिरोले नयाँ बाँध वा ताल बन्ने जोखिम भने कायमै रहेको सूचना पाएको सहायक रथी थापाले बताएका छन् । चिनियाँ पक्षबाट प्राप्त रिपोर्ट तथा फुटेजमा विभिन्न स्थानमा चिरा देखिएकाले जोखिमलाई ध्यानमा राख्दै बाढी प्रभावित क्षेत्रमा उद्धारको लागी संयुक्त सुरक्षा टोली परिचालन गरिएको उनको भनाइ छ ।

बाढीेपछि नेपाली सेनाले त्रिशूलीमा उपरथीको कमाण्डमा प्राक्टिकल हेडक्वार्टर स्थापना गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीआईजीसमेत फिल्डमा परिचालन भएका छन् । धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टर स्थापना गरिएको छ । सुरक्षा निकायले जलविद्युत् आयोजनाका अतिरिक्त नदी किनारका बस्तीमा समेत खोज तथा उद्धारलाई प्राथमिकता दिएको छ । सेनाका इन्जिनियरिङ टोलीले पुल निर्माण, सडक खोल्ने, हवाई तथा ड्रोन रेकी र सडक विभागलाई सहजीकरण गर्ने काम गरिरहेको सहायक रथी थापाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २२ भाद्र २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?