Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

बाढीको ११ औं दिनः सुरुङमा फसेका चिनियाँ नागरिक र बेत्रावतीकी एक महिलाको जीवितै उद्धार


त्रिशुली बाढीको ११ औं दिनः सुरुङमा फसेका चिनियाँ नागरिक र बेत्रावतीकी एक महिलाको जीवितै उद्धार

काठमाडौँ। त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ११ दिनदेखि फसेका दुई जनाको शनिबार जीवितै उद्धार गरिएको छ ।

उद्धार गरिएकामध्ये एक जना २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ नागरिक रहेका छन् । आयोजनाको अडिट ४ सुरुङ (टनेल) मा थुनिएका उनलाई नेपाली सेना र दक्षिण कोरियाको विपद् व्यवस्थापन विज्ञ टोलीले संयुक्त प्रयासमा उद्धार गरेको हो । बाढी आएको ११ औं दिनमा जीवितै फेला परेका उनलाई प्राथमिक उपचारका लागि नुवाकोटको त्रिशुलीस्थित मैथली ब्यारेकमा ल्याइँदैछ ।

यसैगरी, नुवाकोटको बेत्रावतीबाट चण्डिका श्रेष्ठ नामकी एक महिलाको पनि शनिवार सकुशल उद्धार गरिएको छ । त्रिशुली नदीको बाढीले घर पुरिएपछि उनी विगत ११ दिनदेखि त्यहीँ फसेकी थिइन् । उद्धार टोलीले उनलाई जीवितै फेला पारेर उद्धार गरेको हो । बाढी र पहिरोको चपेटामा परेर लामो समयसम्म सम्पर्कविहीन रहेका उनीहरूलाई जीवितै उद्धार गरिनु सकारात्मक उपलब्धि हो ।


प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?