Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी


कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–मलेखु सडक खण्डको कृष्णभीरमा शुक्रवारबाट थालिएको भित्ता काट्ने काम अन्तिम चरणमा पुगेको छ ।

निर्माण व्यवसायीहरुले नेपाल जियोटेक सोसाइटीका प्राविधिक, सडक विभागका प्रतिनिधि र विज्ञहरुको रोहवरमा सडक खन्ने काम शुरु गरेको हो । शनिवारबाट ट्रयाक खोल्ने तयारी रहेको छ । शुक्रवार राति न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेको जानकारी दिएका छन् । उनले मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेको र बाँकी ५० मिटर ट्रयाक शनिवारबाट खोल्ने तयारी रहेको बताए । यात्राहरुलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दै उपाध्यक्ष खड्काले अस्थायी रुपमा भएपनि सडक राम्रो बनाउने काममा आफूहरु लागेको स्पष्ट पारेका छन् । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी भएको उल्लेख गर्दै उनले ट्रयाक छिटो सकेर शनिवारसम्म साँझसम्म नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्ने बताएका छन् ।

उनले भने, ‘हामी अहोरात्र खटेर काम गरिरहेका छौँ । कृष्णभीरमा मुग्लिङतर्फ १ सय ५० मिटर स्काभेटर गुड्न ट्रयाक खोलिसकेका छौँ । मलेखुतर्फ खण्डमा झन्डै सय मिटर ट्रयाक खोलिसकेका छौँ । अब ५० मिटर जति मात्रै हाम्रो बाँकी रहेको छ । रातिको समयमा पनि प्राविधिक, अपरेटर, इन्जिनियर र कर्मचारीहरु खटिनुभएको छ । आफ्नो ज्यानको बाजी लगाउनुभएको छ । यस्तो दुःखद् घडीमा नागरिकलाई सहजता प्रदान गर्नुपर्छ भनेर बाटो खन्ने काम गरिरहेका छौँ । ट्रयाक छिटो सकेर (शनिवारसम्म) व्यवस्थित रुपमा नागढुङ्गा–मुग्लिङ सडक खण्ड सञ्चालन गर्न चाहन्छौँ । यात्राहरुलाई बन्दको अवस्थामा नआत्तिकन अरु विकल्प प्रयोग गर्न अनुरोध गर्दछु । आत्तिएर बनाउने तर दुई दिन बन्द हुने हुनु हुँदैन । अस्थायी रुपमा भएपनि राम्रो बनाउने काममा हामी लागेका छौँ । हामी २४ सै घण्टा बाटो खुलाउन लागिरहेका छौँ । विपद्को घडीमा राज्यलाई सघाउनु हामी सबैको जिम्मेवारी हो ।’

गत भदौ १० गते र त्यसपछि निरन्तर आएको त्रिशूली बाढीको कारण कृष्णभीर, परेवाभीरसहितका विभिन्न स्थानको सडक कटान गरी बगाएको थियो । जसका कारण पृथ्वी राजमार्ग अहिले अवरुद्ध छ । सडक अवरुद्ध भएसँगै पश्चिम क्षेत्रबाट काठमाडौं नाका प्रवेश गर्ने सवारी साधनले सास्ती भोगिरहेका छन् । खाद्यान्न लगायत, अत्यावश्यक सामग्रीहरु आयात गर्न पनि असहज भएको छ ।


प्रकाशित मिति: २० भाद्र २०८३, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?