Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
३ कार्तिक २०८३, सोमबार
३ कार्तिक २०८३, सोमबार

कुशको शव बनाएर अन्तिम संस्कार


कुशको शव बनाएर अन्तिम संस्कार

काठमाडौँ। रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकाहरुका आफन्तहरुले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् ।

बाढीमा परी सम्पर्कविहीन भइसकेको धेरै दिन हुँदा समेत सम्पर्कमा नआएको र शव समेत फेला नपरेपछि आफन्तहरुले कुशको शव बनाएर संयुक्त रुपमा दाहसंस्कार गरिरहेका हुन् । बेपत्ता भएकाहरुका आफन्तहरुले शुक्रवार पशुपति आर्यघाटमा कुशको शवको प्रतिमा बनाएर अन्तिम संस्कार गरिरहेका छन् । पशुपति क्षेत्र विकास कोषले निःशल्क रुपमा दाहसंस्कार गर्ने व्यवस्था मिलाएको छ । रसुवा बाढीमा मृत्यु भएका १ हजार दुई सय ५९ जनाको शव फेला परेको छ । अझै पनि ५ हजार बढी नागरिक सम्पर्कविहीन छन् । अहिलेसम्म ९३ शवको मात्र सनाखत हुन सकेको छ ।

सरकारले बाढी प्रभावित क्षेत्रहरु रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवन लगायतका जिल्लाका खोज तथा उद्धार कार्य जारी राखेको छ ।


प्रकाशित मिति: १९ भाद्र २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?