Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

काँग्रेस–एमालेलाई प्रचण्डले भने–हामीलाई सरकार चाहिएको छैन, चलाइराख्नुस्


काँग्रेस–एमालेलाई प्रचण्डले भने–हामीलाई सरकार चाहिएको छैन, चलाइराख्नुस्

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले पार्टीको आवश्यकता सरकार बनाउनु नरहेको स्पष्ट पारेका छन् ।

शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उनले बजेट निर्माणको क्रममा प्रदेश सरकारहरुमा काँग्रेस र एमालेबीच रडाको मच्चिएको कारण नेकपामाथि बाध्यता आइलागेको बताएका छन् । उनले २०८४ सालको प्रदेश र स्थानीय तहको निर्वाचनपछि मात्रै नेकपा सरकार बनाउनेबारे सोच्ने भन्दे काँग्रेस–एमालेलाई सरकार सञ्चालन गरिरहन आग्रह गरेका छन् । उनले विगतमा अन्यदलहरुसँग सहकार्य गर्दैमा वर्षौँ बितेको र नागरिक पनि त्यसै कुरामा भ्रमित भएको टिप्पणी गरे । उनले साझा न्युनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा नेकपाको प्राथमिकतामा रहेको पनि टिप्पणी गरेका छन् ।

उनले भने, ‘हामीले कहिले काँग्रेससँग सहकार्य, कहिले एमालेसँग, कहिले मधेशीसँग भन्दाभन्दे हाम्रा दिनहरु त्यसैमा बिते । जनता भ्रमित पनि त्यसैमा भए । त्यसकारण अहिले हाम्रो लागि सरकार मुख्य कुरा होइन । हाम्रो लागि साझा न्यूनतम कार्यक्रम बनाउने र आन्दोलनमा जाने कुरा मुख्य कुरा हो । त्यसकारण हाम्रो ध्यान सरकारतिर छैन । अहिले हामीलाई एउटा झमेला आइलागेको छ । यो प्रदेश सरकारको झमेला । हामीले शुरुदेखि नै काँग्रेस र उमालेको सरकार सबै प्रदेशमा छ, तपाईहरु चलाइराख्नुस् हामीलाई चाहिएन भन्दाभन्दै यो बजेटको बेलामा काँग्रेस र एमालेको बीचमा यस्तो रडाको पर्यो कि बजेट पास गर्नै नसक्ने स्थिति आएपछि हामीमाथि बाध्यता आयो । हामीले पनि फेरी प्रदेश बरबादै हुन त दिनु हुँदैन भनेर ध्यान दिनुपर्ने अवस्था आइलाग्यो । म फेरी पनि भन्न चाहान्छ, हामीलाई अहिले सरकार चाहिएको छैन । नेपाली कम्युनिष्ट पार्टीको प्राथमिकता सरकार हुँदै होइन । राष्ट्रिय स्वाधिनता र जनताको हक अधिकारको निम्ति आन्दोलन आजको आवश्यकता हो । हामीलाई सरकार चाहिएको छैन ।’

सरकारमा भएपछि मात्रे वामपन्थी सहकार्य हुने कुरामा आफू सहमत नभएको उनको भनाइ छ । यद्धपी प्रदेश, संविधान र राजनीतिमा नै गाँठो पर्यो भने गाँठो फुकाउने कुरामा सहयोग गर्न नेकपा तयार रहेको पनि उनले बताएका छन् ।


प्रकाशित मिति: ८ श्रावण २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?