Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
८ कार्तिक २०८३, शनिबार
८ कार्तिक २०८३, शनिबार

अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा


अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा

काठमाडौँ। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताएका छन् ।

४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे/नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री समेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिएका छन् । भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक शक्तिशाली निकाय भएपनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ । सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानूनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताए । थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली काँग्रेसले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

सभापति थापाले भने, ‘हाम्रो प्रश्न स्पष्ट छ, नेपालको वर्तमान सरकारले संविधान मान्छ कि मान्दैन ? हामी सबै संविधानको पालना गर्न प्रतिवद्ध छौँ । त्यसैले अहिलेको प्रधानमन्त्री पनि संविधानको दायराभित्र हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न उठेको छ । संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक निकायको व्यवस्था गरेको छ । प्रधानमन्त्री, मन्त्री वा अन्य सार्वजनिक पदाधिकारीले बदनियतपूर्वक गैरकानुनी काम गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई छ । त्यसैले गल्ती भएमा अख्तियारले निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास नागरिकमा हुनुपर्छ । तर कतिपय अवस्थामा संवैधानिक संस्थाहरू प्रभावकारी रूपमा काम गर्न नसकेको अनुभव भएको छ । त्यसैले नेपाली कांग्रेसको तर्फबाट हामीले स्पष्ट रूपमा भनेका छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन आवश्यक परे यसको संरचनागत सुधार गर्न हामी तयार छौँ । यदि त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने त्यसबारे पनि छलफल गर्न तयार छौँ । आवश्यक परे आयोगका पदाधिकारीको संख्या बढाउने विषयमा पनि हामी खुला छौँ । हाम्रो उद्देश्य राजनीतिक प्रभाव र हस्तक्षेपबाट मुक्त, सक्षम र प्रभावकारी अख्तियार निर्माण गर्नु हो ।’

सभापति थापाले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै काँग्रेसको मुख्य चाहना रहेको स्पष्ट पारेका छन् ।


प्रकाशित मिति: ७ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?