Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली


काठमाडौँ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । अन्य प्रदेशहरुमा पनि कम्युनिष्ट दलहरुको गठबन्धनको सरकार बन्ने देखिएको छ । अध्यक्ष ओलीले भने , ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल जस्तो भएको छ । तर त्यसको समाधान हामी छिट्टै दिन्छौं । र त्यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् ।’ उनले सबै राजनीतिक दलहरु मिलेर संघीय सरकारलाई समेत सजग गराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

काठमाडौँ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश सरकार सञ्चालनको सन्दर्भमा देखिएका अस्पष्टतालाई हटाएर स्पष्ट ढंगले सरकार सञ्चालन गरिने बताएका छन् । नेपाली काँग्रेस र नेकपा (एमाले) प्रदेश सरकारहरुमा सत्ता साझेदारी टुट्ने बहस भइरहेको बेला अध्यक्ष ओलीले यस्तो बताएका हुन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग सहकार्यको तयारी भएपछि प्रदेश सरकारबाट एमाले बाहिरिसकेको छ । अन्य प्रदेशहरुमा पनि कम्युनिष्ट दलहरुको गठबन्धनको सरकार बन्ने देखिएको छ ।

अध्यक्ष ओलीले भने , ‘अहिले प्रदेश सरकारहरूमा अलिकति अन्योल जस्तो भएको छ । तर त्यसको समाधान हामी छिट्टै दिन्छौं । र त्यो अस्पष्टतालाई हामी हटाउँछौं । स्पष्ट ढंगले प्रदेश सरकारहरू, स्थानीय सरकारहरू चल्छन् ।’

उनले सबै राजनीतिक दलहरु मिलेर संघीय सरकारलाई समेत सजग गराउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।


प्रकाशित मिति: ७ श्रावण २०८३, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?