Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला, नयाँ विधा ‘मिसेस नेपाल कस्मो’ थपियो


‘मिसेस नेपाल वर्ल्ड २०२६’ को आवेदन खुला, नयाँ विधा ‘मिसेस नेपाल कस्मो’ थपियो

काठमाडौँ। विवाहित महिलाहरूको क्षमता प्रदर्शन र सशक्तिकरणको क्षेत्रमा क्रियाशील सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वल्र्ड’ को नयाँ संस्करण २०२६ को औपचारिक घोषणा गरिएको छ ।

आयोजक रिबन इन्टरटेनमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आवेदन खुला भएको र आगामी साउन २३ गतेबाट छनोट प्रक्रिया शुरु हुने जानकारी दिएको हो । सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले यस वर्षबाट अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रूपमा ‘मिसेस कस्मो’ विधालाई पनि समेटेको छ । मिसेस कस्मो म्यानमारको आधिकारिक नेपाली फ्रेन्चाइजका रूपमा यो विधा यसै संस्करणबाट थप गरिएको आयोजकले जनाएको छ । आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष तथा पेजेन्ट डाइरेक्टर निशुकान्त झाकाअनुसार प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी साउन २३ गते दिउँसो साढे १२ बजेदेखि नयाँ बानेश्वरस्थित आर्य इन्टरनेसनल होटलमा हुनेछ । प्रतियोगिताको ग्रान्ड फिनाले आगामी कात्तिक १४ गतेका लागि तय गरिएको छ । प्रतियोगितामा २१ देखि ५० वर्ष उमेर समूहका विवाहित नेपाली महिलाहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुन चाहनेका लागि उचाई र तौलको कुनै सीमा तोकिएको छैन । यस प्रतियोगितामा विवाहितका साथै सम्बन्ध विच्छेद भएका वा एकल महिलाहरूले समेत प्रतिस्पर्धा गर्न पाउनेछन्। इच्छुक प्रतिष्पर्धीहरूले ‘खल्ती’ एप वा रिबन इन्टरटेनमेन्टको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

कार्यक्रममा बोल्दै राष्ट्रिय निर्देशक तथा कोरियोग्राफर अश्विनीकान्त झाले विवाहपछि पनि महिलाहरूको सपनाको अन्त्य नहुने र उनीहरूलाई नयाँ पहिचान दिलाउन यो मञ्चले सेतुको काम गर्ने बताउनु भयो । उहाँले छनोट भएका प्रतिष्पर्धीहरूलाई ४५ दिनसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट विशेष तालिम प्रदान गरिने समेत जानकारी दिनुभयो । कार्यक्रममा मिसेस नेपाल वल्र्ड २०२५ की विजेता रक्षा पन्त (आईटी इन्जिनियर) र मिसेस नेपाल इन्टरनेसनल २०२५ की विजेता सञ्जु भट्ट (प्याथोलोजिस्ट) ले आफ्नो अनुभव साझा गर्दै यो मञ्चले आत्मविश्वास र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । काठमाडौं बाहिर पोखरा, इटहरी र विराटनगर जस्ता शहरहरूमा पनि छनोट प्रक्रिया अघि बढाइने बताइएको छ । प्रतियोगिताको मुख्य विजेताले ‘मिसेस नेपाल वल्र्ड’ को ताजका साथै अमेरिकामा हुने ‘मिसेस वल्र्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् । त्यस्तै अन्य विजेताहरूले ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘मिसेस नेपाल कस्मो’ को उपाधि सहित अन्तर्राष्ट्रिय मञ्चमा प्रतिष्पर्धा गर्नेछन् ।


प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?