Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा


बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा

काठमाडौं। नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०७२ देखि २०८२ सालसम्मको दशक नेपाली काँग्रेस र मुलुक दुवैका लागि ‘अध्याँरो’ र ‘काला’ दिन भएको टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तकबुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले उक्त अवधीमा पार्टीभित्र र राष्ट्रिय राजनीतिमा समेत सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी भएको बताएका छन् । उनले राजनीतिक दलका नेताहरुले सत्ता र शक्तिको लागि नागरिकका सबै समस्या र राष्ट्रिय मुद्दा सबै कुराको तिलाञ्जली दिएको आरोप पनि लगाएका छन् । उनले आफू पार्टीको सिद्धान्तसँग अडिग रहेको कारण निरन्तर संघर्ष गर्दै यहाँसम्म आईपुगेको पनि बताएका छन् । उनले पछिल्ला १० वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सन्देश दिन नसकेको बताए । उनले पार्टीको सिद्धान्तर र नागरिकका अपेक्षअनुसार नेपाली काँग्रेसलाई पुन लोकप्रिय पार्टी बनाउने कुरामा सबै कटिवद्ध भएर लाग्नुपर्नेमा पनि जोड दिएका छन् ।

उनले भने, ‘२०७२ सालदेखि २०८२ सालसम्मको १० वर्ष नेपाली काँग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अध्याँरो वर्षहरु भए । ती काला दिनहरु भए । जसभित्र केवल सत्ता, सत्ता, सत्ता । शक्ति, शक्ति, शक्ति, । त्यसका निम्ति सम्पूर्ण कुराको तिलाञ्जली दिइयो । म त सिद्धान्तको लागि सास्ती खानुपर्छ । असिद्धान्तको लागि आठ वर्ष झ्याल खाना बस्नुपरे पनि बस्छु, झुण्डिनुपरे पनि झुण्डिन्छु भन्ने कुरा पढेर, बुझेर र बनेर आएको कार्यकर्ता हो नि । तपाईं पनि त्यही हो । हामी सबै त्यही हो । तर गएका दश वर्षभित्र कुनै अनवजवानले कहाँको काँग्रेसको कुरान गरेको भन्यो भने मले उसलाई के भन्ने ?’

उनले नेपाली काँग्रेसले मुलुकलाई समृद्ध नभई समुन्नत बनाउने दिशामा काम गर्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?