Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे


साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताएका छन् ।

मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताएका छन् । उनले वीपी कोईरालाको राजनीति र साहित्य दुवै क्षेत्रमा समान उचाइ रहेको रहेको पनि बताएका छन् । उनले कोइरालालाई राजनीतिबाट अलग गरिए नेपालको राजनीतिक इतिहास र साहित्यबाट अलग गरिए नेपालको साहित्य आका नै अधुरो हुने बताए । महामन्त्री घिमिरेले नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन ठानेका विषयलाई साहित्यमार्फत उजागर गरेको तथा पलायनवादी चिन्तनलाई नेपाली साहित्यमा प्रयोग गर्ने पहिलो साहित्यकारका रूपमा कोइरालाको योगदानलाई स्मरण गरेका छन् ।

उनले भने, ‘वास्तवमा राजनीतिमा पनि जसले साहित्यको गहिराई बुझेको हुन्छ त्यही मान्छे पूर्ण राजनीतिज्ञ बन्न सक्छ । बीपी कोइराला त्यसै पूर्ण राजनीतिज्ञ बन्नुभएको होइन । उहाँको राजनीति र साहित्यको समानान्तर उचाई थियो । उहाँ धरहरा वा सगरमाथा जस्तो भएपनि साहित्य र राजनीतिक रुपमा बराबर हुनुहुन्थ्यो । मनमा रहेको कुनैपनि सशक्त कुरालाई उजागर गर्नको लागि नेपाली समाजले गाह्रो मान्ने गरेका थिए । लेखक र साहित्यकारले समेत गाह्रो मान्नुहुन्थ्यो । त्यसलाई उहाँले उजागर गरिदिनु भयो । पलायनवादी चिन्तनलाई नेपाली साहित्यमा प्रयेग गर्ने उहाँ नेपालको पहिलो साहित्यकार हो । राजनीतिज्ञ वीपी कोइरालालाई यदि नेपाली साहित्यबाट अलग राखिदिने हो भने नेपालको साहित्य आकाश नै अधुरो हुन्छ । यदि राजनीतिबाट पनि अलग गरिदिने हो भने नेपालको राजनीतिक इतिहास पनि अधुरो हुन्छ । काँग्रेसको त के कुरा गर्नु ? त्यसकारण साहित्य र साहित्यको गहिराईलाई जसले धेरै बुझ्यो त्यो पूर्ण राजनीतिज्ञ भयो । म भन्दा पनि धेरै साहित्यलाई बुझेका नेताहरु हाम्रो अगाडि बस्नुभएको छ । र वास्तवमा भन्ने हो भने नेपाली काँग्रेस पूर्णतातर्फ अगाडि बढिरहेको छ ।’

उनले नेपाली काँग्रेसको राजनीति पूर्णतातर्फ अघि बढिरहेको दाबी समेत गरेका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?