Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण


आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण

काठमाडौँ। साउदीबाट डिजिटल वालेट टिग्मोमार्फत आईएमईमा पैसा पठाउँदा अभिषेक कालाखेतीले बीवाईडी एट्टो १ ईभी जितेका छन् ।

‘टिक्मोमार्फत आईएमई गरौँ, उपहार जितौं’ योजना अन्तर्गत कालाखेतीले ईभी जितेकी छिन् । आईएमईले मंगलवार एक विशेष कार्यक्रमको आयोजना गरी अभिषेककी श्रीमती कल्पना कालाखेतीलाई ईभी हस्तान्तरण गरेको छ । यसैगरी युवराज न्यौपाने र सन्तोष गिरीले याडिया ओविन इलेक्ट्रिक स्कुटर जिटेका छन् भने १२ जनाले आइफोन १७ जिटेका छन् । विजेता सबैलाई आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा टिग्मोका प्रतिनिधिले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार हस्तान्तरण कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कागजबाट शुरु गर्न लागिएको रेमिट्यान्स सेवा हाल डिजिटल युगमा प्रवेश गरेको बताए । उनले साउदी अरबमा काम गर्ने नेपालीहरुले टिग्मोबाट आईएमईमा पैसा पठाउन आग्रह गरेका छन् ।

आईएमई लिमिटेडका अध्यक्ष हेमराज ढकालले कम्पनीले गर्ने प्रमोसन क्याम्पेनहरु मार्केटिङको लागि मात्रै नभई सेवाग्राहीको व्यत्तिगत वा परिवारको हितमा हुनेगरी ल्याउने गरेको बताएका छन् । उनले कम्पनीले आगामी दिनमा पनि ग्राहकलक्षित विभिन्न योजनाहरु संचालनमा ल्याउने जानकारी दिएका छन् ।

आईएमइले पुस २१ देखि चैत १७ सम्म यो योजना सञ्चालनमा ल्याएको थियो । योजना अन्तर्गत ५ जनाले १० हजार रुपैयाँ नगद पुरस्कार समेत हात पार्नुभएको थियो । योजना अवधीभर ७५ जना विजेताहरुले विभिन्न पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ । विजेताहरुको डिजिटल लक्की ड्रमार्फत छनोट गरिएको कम्पनीले जनाएको छ । आईएमईले मेगा पुरस्कारमा एक जनालाई बीवाईडी एट्टो १ ईभी, मासिक दुई जनालाई याडिया ओविन इलेक्ट्रिक स्कुटर र साप्ताहिक १२ जनालाई आइफोन १७ जित्ने ल्याएको थियो । साथै आईएमईले ‘टिग्मो एण्ड वीन फाईभ टाईम्स मोर’ योजना अगस्ट १ देखि अक्टोबर ३१ सम्म संचालनमा ल्याउन लागेका पनि जानकारी दिएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?