काभ्रेपलान्चोक। काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।
दुर्घटनामा घाइते भएका १५ जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार