Trending
>>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको छः सिके राउत


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र हुँदै आएको बताएका छन् ।

सोमवार माईतीघरमा जनमत पार्टीले गरेको प्रदर्शनमा सम्बोधन गर्दै उहाँले नेपालमा जुनसुकै शासन व्यवस्था आएपनि मधेशका मागप्रति अनुदार हुने गरेको बताएका छन् । उनले मधेसबाट मत लिएर सरकार बनाउने तर मधेसका अधिकारका सवालमा बेवास्ता गर्ने प्रवृत्ति निरन्तर रहेको आरोप लगाएका छन् । राणा शासनकालमा मधेशमाथि उपनिवेशवादी शासन लादिएको दाबी गर्दै उनले पछिल्ला ७५ वर्षमा काँग्रेस र कम्युनिष्ट दलहरूले पनि मधेशलाई विभिन्न रूपमा ठग्दै आएको आरोप लगाएका छन् । २००७/००८ सालपछि काँग्रेस र कम्युनिष्टहरुले सत्ताको नेतृत्व गरेपनि आजसम्म मधेसीलाई पूर्ण अधिकार नदिएको उनको भनाई छ । उहाँकाअनुसार नागरिकता, सुकुम्बासी व्यवस्थापन र स्वायत्तता लगायतको मधेसको माग पूरा हुन सकेको छैन । उहाँले सशस्त्र द्वन्द्वका क्रममा पनि मधेसी समुदाय अपेक्षित उपलब्धिबाट वञ्चित भएको दाबी गर्दै माओवादी नेतृत्वको आन्दोलनबाट समेत मधेशीहरू ठगिएको बताए । मधेशको राजनीतिक, सामाजिक र संवैधानिक अधिकार सुनिश्चित नभएसम्म विभेद अन्त्य नहुने उनको दाबी छ ।

उनले भने, ‘मधेसलाई राणाहरुले पनि ठगे, उपनिवेश शासन नै लादे, काँग्रेस कम्युनिष्टहरुले पनि विगत ७५ वर्षदेखि ठग्दै आएको हामीकहाँ प्रमाण नै छ । २००७/००८ सालमा काँग्रेसहरुको सत्ता आयो तर अहिलेसम्म कुनै अधिकार नदिने, नागरिकत्ता नदिने, सुकुम्बासीहरुलाई व्यवस्थापन नगर्ने, स्वायत्तता नदिनेगरि विभिन्न रुपले ठगी गर्दै आएको छ । मत चाहीँ मधेसबाट लिने, सरकार चाहीँ मधेसबाट नै बनाउने तर जहिले पनि अधिकार चाहीँ नदिने षड्यन्त्र हुँदै आएको छ । त्यतिमात्रै होइन माओवादी आन्दोलन हुँदा पनि मधेसीहरु ठगिएइको हामीकहाँ प्रमाण छ ।’

उनले मधेसका माग सम्बोधन गर्न वर्तमान सरकारलाई आग्रह गरे । मधेसको माग सम्बोधनको लागी जिल्ला प्रशासन कार्यलयमार्फत सोमबार नै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने उनले जानकारी दिएका छन् ।


प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?