Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’: कुलमान घिसिङ


काठमाडौ।उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेको ‘निलो क्रान्ति’ को लहर धेरै समय नटिक्ने दाबी गरेका छन् ।

देशको दिगो विकास र राजनीतिक स्थायित्वका लागि ‘हरित क्रान्ति’ (ग्रिन रिभोल्युसन) मात्रै अन्तिम र भरपर्दो विकल्प भएको उनले बताए । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा भएका विगतका राजनीतिक परिवर्तनहरूलाई विभिन्न रङको क्रान्तिका रूपमा चित्रण गर्दै अध्यक्ष घिसिङले अबको आवश्यकता आर्थिक र वातावरणीय क्रान्ति भएको बताएका छन् । अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीको मूल दर्शन नै हरित क्रान्तिमा आधारित रहेको स्पष्ट पारेका छन् । पार्टीको झण्डा हरियो हुनु र चुनाव चिह्न ‘चिम’ ले शक्तिको सञ्चार गर्नुले पनि यो अवधारणालाई पुष्टि गर्ने उनको तर्क छ । हरित क्रान्तिको व्याख्या गर्दै उहाँले सुशासनलाई यसको केन्द्रबिन्दु मानिएको बताए । सुशासनका अतिरिक्त जलस्रोतको अधिकतम उपयोग गरी जलविद्युत् उत्पादन, हरित हाइड्रोजन र हरित युरियाको उत्पादनलाई पार्टीले मुख्य प्राथमिकतामा राखेको उनले जानकारी दिएका छन् ।

उनले भने, ‘उज्यालो नेपाल पार्टीको एउटा प्रमुख उद्देश्य नेपालमा हरित क्रान्ति गर्नु हो । हामी नेपालमा ‘ग्रिन रिभोल्युसन’ ल्याउने अभियानमा छौँ । विगतमा विभिन्न क्रान्तिका नाममा अनेकौँ राजनीतिक परिवर्तन भए । कसैले त्यसलाई श्वेत क्रान्ति भने, कसैले रातो क्रान्ति । यदि १० वर्षे जनयुद्धपछिको परिवर्तनलाई रातो क्रान्ति भनेर नामाकरण गर्ने हो भने, केही समयअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो अभियानलाई निलो क्रान्ति (ब्लु रिभोल्युसन) भनेर प्रश्तुत ग¥यो । तर निलो क्रान्ति धेरै समय टिक्दैन। अन्तिम र दिगो क्रान्ति भनेको हरित क्रान्ति अर्थात् ग्रिन रिभोल्युसन हो । यसले नेपाललाई दिगो रूपमा संस्थागत गर्छ, दिगो विकासको आधार तयार गर्छ, र देशमा राजनीतिक स्थायित्व कायम गर्न मद्दत गर्छ । त्यसैले नेपालको दिगो विकास र दिगो राजनीतिक स्थायित्वका लागि अब आवश्यक क्रान्ति भनेको हरित क्रान्ति नै हो, र यो हरित क्रान्तिको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्छ । उज्यालो नेपाल पार्टीको झण्डा हरियो छ, र पार्टीको चुनाव चिह्न ‘चिम’ ले शक्ति प्रदान गर्ने सन्देश दिन्छ । त्यसैले हरित क्रान्तिको अवधारणा हाम्रो पार्टीको मूल दर्शनसँग जोडिएको छ । हरित क्रान्ति भनेको के हो ? यसको मुख्य आधारभूत विषय सुशासन हो । हामीले सुशासनलाई हरित क्रान्तिको केन्द्रबिन्दु मानेका छौँ । यसका विभिन्न आयामहरू छन् । तीमध्ये सबैभन्दा महत्वपूर्ण क्षेत्र पानी हो । पानीबाट हामी जलविद्युत उत्पादन गर्न सक्छौँ । पानीकै माध्यमबाट हरित हाइड्रोजन (न्चभभल ज्थमचयनभल) उत्पादन गर्न सकिन्छ। हालैको बजेटमा हरित हाइड्रोजन र हरित युरिया सम्बन्धी केही विषय समेटिएका छन् । यी विषयहरू हामीले पहिले नै आफ्नो घोषणापत्रमा समावेश गरेका थियौँ । सरकारको बजेटमा ती विषयहरू केही मात्रामा समेटिएको देख्दा म सम्बन्धित पक्षलाई धन्यवाद दिन चाहन्छु ।’

उज्यालो नेपाल पार्टीले अबको राजनीतिक दिशा हरित क्रान्ति र सुशासनकै सेरोफेरोमा केन्द्रित हुने प्रतिवद्धता समेत व्यक्त गरेको छ ।


प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?