Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन् ।

सोमवार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिएपनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकार गरेका छन् । उनले एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरेका छन् । उनले अध्यक्ष ओलीले एमालेका सबै युवा र नेताहरू सही विचार र संकल्पका साथ देश र जनहितमा काम गर्ने संगठनका सदस्य भएको पनि बताएका छन् ।

उनले भने, ‘कोही कोहीले त संसदमै बंगलादेश जस्तो बनाइदिन्छौं भनेकै थिए । तर हामीले टोल टोलमा सुरक्षा समिति गठन गरेनौं त्यो हाम्रो गल्ति भयो । नेकपा एमाले भनेको एउटा तिलतले खोल्सी होइन यो एउटा महासागर जस्तो संगठन हो । जसमा युवापंक्तिको सबैभन्दा ठुलो सहभागिता छ । कोही कोहीले युवा छैन एमालेसँग भन्छन्, अनि को सँग छ युवा ? फेसबुको युवा होइन घरघरको युवा नेकपा (एमाले) सँग छ । फेसबुकमा त एमालेसँग केही पनि छैन । नेकपा (एमाले)का सबै युवाहरु, सबै नेताहरु सही विचार र संकल्प भएको संगठन हो । देश र जनहितमा काम गर्ने संगठन हो भनेर आफूहरुलाई चिन्नुपर्छ ।’

उनले जेन—जी विद्रोहलाई केही अपराधिक समूह एवं व्यक्तिहरुले हाईज्याक गरेको पनि बताए उनले मुलुकको शान्ती र सुरक्षाका लागि पाटीले युथ भोलिन्टियर फोर्स गठन गर्ने कार्यको प्रारम्भ भएको पनि बताएका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?