Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन नगर्नु गल्ती भयोः ओली


काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनभन्दा अगाडि टोल–टोलमा सुरक्षा समिति गठन गर्न नसक्नु आफूहरुको गल्ती भएको बताएका छन् ।

सोमवार पार्टीले काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै उनले केही व्यक्तिले संसदमै बंगलादेशजस्तो बनाइदिने धम्की दिएपनि पार्टीले स्थानीय स्तरमा सुरक्षा समिति नबनाउनु गल्ती भएको स्वीकार गरेका छन् । उनले एमालेलाई महासागरजस्तो संगठन भएको दाबी गर्दै एमालेलाई घरघरका युवाले साथ दिएको जिकिर पनि गरेका छन् । उनले अध्यक्ष ओलीले एमालेका सबै युवा र नेताहरू सही विचार र संकल्पका साथ देश र जनहितमा काम गर्ने संगठनका सदस्य भएको पनि बताएका छन् ।

उनले भने, ‘कोही कोहीले त संसदमै बंगलादेश जस्तो बनाइदिन्छौं भनेकै थिए । तर हामीले टोल टोलमा सुरक्षा समिति गठन गरेनौं त्यो हाम्रो गल्ति भयो । नेकपा एमाले भनेको एउटा तिलतले खोल्सी होइन यो एउटा महासागर जस्तो संगठन हो । जसमा युवापंक्तिको सबैभन्दा ठुलो सहभागिता छ । कोही कोहीले युवा छैन एमालेसँग भन्छन्, अनि को सँग छ युवा ? फेसबुको युवा होइन घरघरको युवा नेकपा (एमाले) सँग छ । फेसबुकमा त एमालेसँग केही पनि छैन । नेकपा (एमाले)का सबै युवाहरु, सबै नेताहरु सही विचार र संकल्प भएको संगठन हो । देश र जनहितमा काम गर्ने संगठन हो भनेर आफूहरुलाई चिन्नुपर्छ ।’

उनले जेन—जी विद्रोहलाई केही अपराधिक समूह एवं व्यक्तिहरुले हाईज्याक गरेको पनि बताए उनले मुलुकको शान्ती र सुरक्षाका लागि पाटीले युथ भोलिन्टियर फोर्स गठन गर्ने कार्यको प्रारम्भ भएको पनि बताएका छन् ।


प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?