Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

पाण्डे र भट्टराईलाई ओलीले भनेः सञ्चारमाध्यममा गएर र्‍याईंर्‍याईं गर्नुको औचित्य छैन


काठमाडौँ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा पुनःगठन चाहियो भन्दै माग गरेपछि आफूले एक वर्षपछि गरे हुने महाधिवेशन पनि अगाडि सारेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा विद्वत वर्गसँगको संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पुनः गठन गर्न आफूलाई कुनै आपत्ति नरहेको र कसले पार्टीमा रहेर काम गरेको छ वा छैन भन्नेकुरा कार्यकर्ताहरुले स्पष्ट देखेको बताएका छन् । काम गर्नेहरु पार्टीमा रहने र काम नगर्ने अब विदा हुने पनि स्पष्ट पार्दै उनले सञ्चारमाध्यममा गएर र्याईंर्याईं गर्नुको औचित्य नरहेको स्पस्ट पार्दै उनले संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने बेलामा अध्यक्ष र पार्टीका विरुद्धमा काम हुनु राम्रो नभएको बताएका छन् ।

उनले भने, ‘पार्टीमा पुनःगठन चाहियो, चाहियो भनेर एकथरी साथीहरु धेरै कराएका हुनाले अनुशासनहिन ढंगले उपद्रव मचाएको हुनाले एक वर्षपछि गरे हुने महाधिवेशनलाई मैले एक वर्षअघि सारेको छु । ठिक छ । पुनःगठन गरौँ न त । काम नगर्नेहरु गए हुन्छ, काम गर्ने बसे हुन्छ । को काम गरेको छ, छैन, कार्यकर्ताले देखेको छ । को लड्या छ छैन, को काम गरेको छ की छैन, कार्यकर्ताले देखेको छ । कार्यकर्ताले फैसला गर्दछ । यो ¥याईं¥याईं मिडियामा गएर क्याईंक्याईं गरेको छ । उता युट्युबमा गयो त्यस्तै छ । टेलिभिजनमा गयो ¥याईं¥याईं गरेको छ । एउटा पत्रिका भनेको छ, ¥याईं¥याईं गरेको छ । यो ¥याईं¥याईं यो साँझतिर झ्याउँकिरीले झ्याउँझ्याउँ गर्छ त्यो भन्दा बढ्ता गरेर । यति बेला संसद पुनःस्थापना, प्रतिक्रियावादका विरुद्ध लड्नुपर्ने केपी ओली राजीनामा दे, राजीनामा दे । यो आज मात्रै भनेको हो र ?’

अध्यक्ष ओलीले आफूलाई सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने नेताहरुलाई ल्याएर उपाध्यक्ष राखेर पार्टी अघि बढाएको बताए । उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईप्रति लक्षित गर्दै अध्यक्ष ओलीले कराँते सिक्ने काम आफ्नो टाउकोलाई बनाएर नेताहरुले काम गरिरहेको बताएका छन्।


प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?