Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित


काठमाडौँ। नेपाली काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित गरिएको छ ।

महाधिवेशनको विषयमा कुरा मिल्न नसकेपछि पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी पार्टीको केन्द्रिय कार्य समिति बैठक पछि सारिएको हो । आपसी सरसल्लाह र समझदारीका साथ महाधिवेशन गर्नका लागि बैठक पछि सार्नुपरेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनले मुलुक संकटमा परेको बेला पार्टीभित्र विवाद हुनेकुरा राम्रो नभएको पनि बताए ।

प्रवक्ता महतले भने, ‘अझ सरसल्लाह, समझदारी विकसित गर्नुपर्यो। त्यसकारण आज स्थगित गर्ने कुरा आयो । अझ समझदारी गर्न कोशिस गरौैं भन्ने हो । अव समझदारी गर्नुपर्ने अधिवेशनको सन्दर्भमा हो । महामन्त्री आउनु भएन । किन आउनुभएन भनेर तपाईहरुले पनि सोध्नुहोला । तर हामी के चाहन्छौ भने सबैको सहभागितामा सरसल्लाह गरेर एउटा निष्कर्ष निकालौ । यो पार्टीको हितमा । अव देशले पनि खोजिराखेको छ कि नेपाली काँग्रेस एकीकृत भएर आओस । लोकतन्त्रमाथि नै ठूलो प्रहार भइराखेको छ । देशमा स्थिर मानसिकता अझै बनिसकेको छैन । निर्वाचनको कुरा भईराख्या छ । निर्वाचन हुने नहुने आधार सरकारले दिन सकेको छैन । यस्तो अवस्थामा अधिवेशनको विषयलाई धेरै विवादको विषय बनाउने भन्दा पनि यसलाई पारदर्शी ढंगले सम्पन्न गर्नतिर लाग्नुपर्छ ।’

महामन्त्री गगनकुमार थापाले पार्टीको नियमित महाधिवेशनका लागि कार्यतालिकासहितको प्रतिवेदन बैठकमा पेश गर्ने तयारी गरेका थिए । यता, संस्थापन पक्षले भने निर्वाचनका लागि पनि महाधिवेशनलाई मंसिर पछि सार्नुपर्ने धारणा राख्दै अहिलेनै कार्यतालिका आवश्यक नभएको जिकिर गर्दै आएको छ ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?