Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

सरकारद्वारा भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन


काठमाडौँ। सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ ।

शुक्रवार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रवार (आज) देखि नै लागू भएको जानकारी दिएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताएका छन् । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए । प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताएका छन् । यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ । उनले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौँ भनेर सोध्ने सामथ्र्य नेपालसँग नरहेको बताए । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको बताए । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘हामीले को नेपाली नागरिक बाहिर जान्छ भन्नेमा मात्रै ध्यान केन्द्रित गरेका छौँ । त्यो नेपाली नागरिकलाई खुइल्याउन हामी पनि पारख भयौँ । विदेशीहरु एउटा भिसा लिएर आएकालाई नेपाल घुम्न सक्छस् की सक्दैनस् भनेर सोध्ने सामथ्र्य हाम्रो छैन । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाउनुपर्छ । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्नुपर्छ । ’

उनले वैश्विक आवागमनका चुनौति र अवसरबारे अध्ययन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?