Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
७ कार्तिक २०८३, शुक्रबार
७ कार्तिक २०८३, शुक्रबार

सरकारद्वारा भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन


काठमाडौँ। सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ ।

शुक्रवार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रवार (आज) देखि नै लागू भएको जानकारी दिएको हो । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ वटा शर्त पूरा गर्नुपर्ने बताएका छन् । कम्तिमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए । प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताएका छन् । यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यवहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ । उनले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौँ भनेर सोध्ने सामथ्र्य नेपालसँग नरहेको बताए । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको बताए । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘हामीले को नेपाली नागरिक बाहिर जान्छ भन्नेमा मात्रै ध्यान केन्द्रित गरेका छौँ । त्यो नेपाली नागरिकलाई खुइल्याउन हामी पनि पारख भयौँ । विदेशीहरु एउटा भिसा लिएर आएकालाई नेपाल घुम्न सक्छस् की सक्दैनस् भनेर सोध्ने सामथ्र्य हाम्रो छैन । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाउनुपर्छ । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्नुपर्छ । ’

उनले वैश्विक आवागमनका चुनौति र अवसरबारे अध्ययन जरुरी रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ कार्तिक २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?