Trending
>>   पुरुष १८ वर्षसम्म मात्र बाँच्छ, त्यसपछि ऊ केवल जीवित रहन्छ ! >>   पुराना पार्टीले केही गरेनन् भनेर मात्रै हुँदैन, तथ्यबाट पुष्टि गर्नुपर्छः माधव नेपाल >>   एमाले भ्रष्टाचारीलाई जोगाउने पार्टी हो, तत्काल पार्टी एकता सम्भव छैनः संयोजक दाहाल >>   दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्था भत्किँदै जाँदा नेपालमा थप जोखिमः प्रचण्ड >>   आत्मसमीक्षासहित गाउँ पस्दै नेकपा >>   नेपालमा फेरि मौसमी बदलीको संकेतः मंगलवारसम्म धानबाली भित्र्याइसक्न विज्ञको सुझाव >>   अनेसास जर्मनीको वेबसाइट सार्वजनिक: नेपाली भाषा, साहित्य र संस्कृतिलाई जोड्ने नयाँ डिजिटल आँगन >>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ
Logo
१० कार्तिक २०८३, सोमबार
१० कार्तिक २०८३, सोमबार

जुवातास खेलिरहेको अवस्थामा २३ जुवाडे पक्राउ


काठमाडौं । देशका विभिन्न ठाउँमा प्रहरीले पछिल्ला दिनमा जुवातास नियन्त्रण अभियान तीव्र बनाएको छ। सोही क्रममा भक्तपुर, ललितपुर, सुर्खेत र बाँकेमा छुट्टाछुट्टै ठाउँबाट दर्जनौं व्यक्ति पक्राउ परेका छन्।

भक्तपुरमा ९ जना पक्राउ
भक्तपुर नगरपालिका-२ दुधपाटीस्थित ४२ वर्षीय अनिल कोजुले संचालन गरेको दरबार स्केट हाउसमा जुवातास खेलिरहेको अवस्थामा अनिल समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ६ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

ललितपुरमा ६ जना समातिए
गोदावरी नगरपालिका-२ पात्लेछाप बस्ने ३६ वर्षीय रोशन तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा रोशन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

सुर्खेतमा ३ जना पक्राउ
बीरेन्द्रनगर नगरपालिका-९ लाटिकोइली बस्ने ५५ वर्षीय सशिधर जैसीको घरमा जुवातास खेलिरहेको अवस्थामा सशिधर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७१ हजार ७ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।

बाँकेमा ५ जना पक्राउ
खजुरा गाउँपालिका-४ डि गाउँस्थित टहरोमा जुवातास खेलिरहेको अवस्थामा जानकी गाउँपालिका-५ बस्ने ४० वर्षीय कृष्ण चौधरी समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४७ हजार ३० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: २६ आश्विन २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?