Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

५ घण्टापछि नियन्त्रणमा आयो भीमसेनस्थानमा लागेको आगो


काठमाडौं। काठमाडौं महानगरपालिका २२ भीमसेनस्थानमा लागेको आगो नियन्त्रणमा आएको छ ।

सोमवार सबिहान साढे ४ बजेको समयमा लागेको आगो साढे ९ बजेपछि नियन्त्रणमा आएको हो । आगलागीबाट चार वटा घरहरु र एउटा मन्दिरमा क्षति पुगेको बताइएको छ । मानवीय क्षतिको आशंका गरिएको छ । एउटा घर भने पूर्ण रुपमा जलेर नष्ट भएको छ । पूर्ण रुपमा क्षति भएको घरमा मानिसहरु फसेको हुनसक्ने आशंका खोजतलासी भइरहेको छ । भीमसेनस्थानस्थित मोहन शाहको घरको कपडाको गोदामबाट आगलागी भएको हो । काठमाडौंका चार, ललितपुर महानगरको एक, नेपाली सेना, बूढानीलकण्ठ नगरपालिका गरी आठवटा दमकल आगलागी नियन्त्रणमा परिचालन गरिएको थियो ।

आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।


प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?