Trending
>>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री >>   प्रहरी प्रशासनलाई गृहमन्त्रीको निर्देशनः जनतालाई केन्द्रमा राखेर काम गर्नूस्
Logo
२ कार्तिक २०८३, आईतवार
२ कार्तिक २०८३, आईतवार

गृहमन्त्रीको पहिलो निर्णयः राष्ट्रिय शोक मनाउने, मृतकका परिवारलाई १ लाख काजकिरिया खर्च दिने


काठमाडौँ। सरकारले जेनजी आन्दोलनको क्रममा मारिएकाहरुको सम्मानमा राष्ट्रिय शोक मनाउने भएको छ ।

गृह तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले सोमवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गरेलगत्तै सो निर्णय गरेका हुन् । उनले उनीहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाएर राष्ट्रिय शोक मनाउने निर्णय गरिएको जानकारी दिएका छन् । मन्त्रीपरिषद् बैठक बसेर त्यसको मितिबारे औपचारिक निर्णय गर्नेछ । त्यसैगरी मन्त्री अर्यालले काजकीरिया खर्चबापत मृतकका परिवारलाई एक÷एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरिएको बताएका छन् । त्यसैगरी मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन र दुर्गम क्षेत्रका लागि हेलिकप्टर उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

गृहमन्त्री अर्यालले भने,‘प्रर्दशनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मान स्वरुप राष्ट्रिय शोकको रुपमा मनाउने र राष्ट्रिय झण्डा आधार झुकाउने भन्ने एउटा निर्णय छ । दोस्रो मृतकहरुको परिवारलाई काजकिरियावापत प्रतिमृतक रु. १ लाख उपलब्ध गराउने । त्यसका लागि रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने । तेस्रो परिवारका सदस्यहरुको आग्रह बमोजिम मृतकको शव व्यवस्थापनका लागि निःशुल्क सवारी साधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने भनेर ३ वटा निर्णय गरेका छौं ।’

यसअघि नै सरकारले सो आन्दोलनको क्रममा मारिएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?