Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

जेन–जी पुस्तालाई धन्यवाद, अब जनताको पीडामा मलम लगाउने


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले जेन–जी पुस्ताप्रति आभार व्यक्त गर्दै आगामी सरकारले जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्।

उनका अनुसार आन्दोलनको मुख्य ध्येय घरजग्गा गुमाएका नागरिकलाई पुनः फिर्ता दिलाउनु, २० लाखमुनि ऋण लिएका गरिबको ऋण मिनाहा गर्नु, सहकारी पीडितको रकम सरकारले जिम्मा लिनु र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनु हो।

साथै उनले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्य पुनर्स्थापना गर्नुपर्ने बताएका छन्। मन्त्री, सांसद वा प्रधानमन्त्री बन्ने चाहना नभएको स्पष्ट गर्दै उनले “जनताको पीडा समाधान नै हाम्रो अभियान” रहेको बताए।

अन्त्यमा, प्रसाईले जेन–जी पुस्ताको बलिदान र योगदानलाई उच्च सम्मान गर्दै “अब कुनै नेपाली नागरिकले बलिदान दिन नपरोस्” भन्ने प्रार्थना गरेका छन्।

 


प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?