Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

जेन–जी पुस्तालाई धन्यवाद, अब जनताको पीडामा मलम लगाउने


काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईले जेन–जी पुस्ताप्रति आभार व्यक्त गर्दै आगामी सरकारले जनताको प्रमुख मागहरू पूरा गर्नुपर्ने बताएका छन्।

उनका अनुसार आन्दोलनको मुख्य ध्येय घरजग्गा गुमाएका नागरिकलाई पुनः फिर्ता दिलाउनु, २० लाखमुनि ऋण लिएका गरिबको ऋण मिनाहा गर्नु, सहकारी पीडितको रकम सरकारले जिम्मा लिनु र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउनु हो।

साथै उनले नेपाललाई धार्मिक स्वतन्त्रतासहितको हिन्दु अधिराज्य पुनर्स्थापना गर्नुपर्ने बताएका छन्। मन्त्री, सांसद वा प्रधानमन्त्री बन्ने चाहना नभएको स्पष्ट गर्दै उनले “जनताको पीडा समाधान नै हाम्रो अभियान” रहेको बताए।

अन्त्यमा, प्रसाईले जेन–जी पुस्ताको बलिदान र योगदानलाई उच्च सम्मान गर्दै “अब कुनै नेपाली नागरिकले बलिदान दिन नपरोस्” भन्ने प्रार्थना गरेका छन्।

 


प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?