Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने व्यवस्था विधानमा नै गर्न पार्टी नेतृत्वलाई एमाले नेताहरुको सुझाव


काठमाडौँ। नेकपा (एमाले)का नेताहरुले पार्टीको विधानमा नै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन नहुने स्पष्ट व्यवस्था गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन ।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा अन्तिम दिन आईतवार समूहगत छलफलको निष्कर्ष सुनाउँदै उनीहरुले सो कुरामा जोड दिएका हुन् । वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेल, मधेस प्रदेशका अध्यक्ष चण्डेश्वर मण्डललगायतका अधिकांश नेताहरुले आफ्नो समूहको छलफलको निष्कर्ष सुनाउँदै पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति र संवैधानिक अंगका प्रमुख भईसकेकाहरुलाई राजनीतिमा आउन नदिनका लागि पार्टी नेतृत्वलाई सुझाव दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । त्यसैगरी उनीहरुले किसानलाई अनुदान बढाउन, सहिद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउनमा जोड दिन, पार्टीमा मूल्यांकन गर्ने वैज्ञानिक परिपाटीको विकास गर्नुपर्ने धारणा पनि राखेको उनले बताए ।

प्रचार विभाग प्रमुख गौतमले भने, ‘लुम्विनी प्रदेशको तर्फबाट त्यसका अध्यक्ष राधाकृष्ण कँडेलले आफ्नो विचार प्रस्तुत गर्नु भएको थियो । गण्डकी प्रदेशमा अध्यक्ष नभएको हुनाले कार्यबहाक अध्यक्ष मिनप्रसाद गुरुङले आफ्नो कुराहरु राख्नु भयो । वागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले राष्ट्रपति, उपराष्ट्रपतिहहरुलाई विधानमा नै व्यवस्था गरेर राजनीतिमा आउन नपर्ने व्यवस्था गर्नुपर्ने आमको भनाई थियो । केही साथीहरु संख्या तोकेर भन्दा १४ जना साथीहरुको भनाई चाँही आउन दिनुपर्ने भन्ने थियो । त्यसरी नै मधेश प्रदेशका चण्डेश्वर मण्डलले सहीद परिवारलाई राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गराउँदा प्राथमिकता दिनुपर्ने, मधेशमा महिंला हिँसा, दाईजो प्रथालाई निरुत्साहित गर्नुपर्ने, किसानहरुलाई उत्पादनको आधारमा व्यापक अनुदान दिनुपर्ने, पार्टीमा बैज्ञानिक मूल्यांकन पद्धतिको व्यवस्था हुनुपर्ने, संगठनात्मक अराजकतालाई रोक्नका लागि अनुशासनमा कडाई गर्नुपर्ने र पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति राजनीतिमा आउन नहुने कुरा विधानमा नै व्यवस्था गर्नुपर्ने निष्कर्ष सुनाउनु भयो ।’

महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले प्रश्तुत गरेको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रश्तावमाथि छलफल गर्न बनाएको १० वटा समूहका नेताहरुले आफ्नो सुझाव प्रश्तुत गरिसकेका छन । अध्यक्ष ओलीले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिँदै सो महाधिवेशन समापन हुने पनि प्रचार विभाग प्रमुख गौतमले बताएकाछन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?