Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय


काठमाडौँ। सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । केन्द्रिय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको बताएकी छिन्। साथै बैठकमा समसामयिक विषयहरुमा पनि छलफल भएको बताइन् ।

उनले भनिन्, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छौँ । फेरि मनाङको विषयमा दल दर्ता गर्नेकुरा हो । केन्द्रिय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’

सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने जानकारी दिइन् । समाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु नहुनेमा जोड दिइएको पनि बताएकी छिन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?