Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने काँग्रेसको निर्णय


काठमाडौँ। सत्तारुरुढ दल नेपाली काँग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ ।

आईतवार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायकाअनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा भएको हो । केन्द्रिय समितिले निर्णय गर्नुपर्ने भएपनि तत्काल केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुनेगरी निर्णय गरेको बताएकी छिन्। साथै बैठकमा समसामयिक विषयहरुमा पनि छलफल भएको बताइन् ।

उनले भनिन्, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेण्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छौँ । फेरि मनाङको विषयमा दल दर्ता गर्नेकुरा हो । केन्द्रिय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रिय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’

सामाजिक सञ्जालका विषयमा पार्टीले आफ्नो धारणा बनाउने जानकारी दिइन् । समाजिक सञ्जालको नियमन राम्रो कुरा भएपनि बन्द गर्नु नहुनेमा जोड दिइएको पनि बताएकी छिन् ।


प्रकाशित मिति: २२ भाद्र २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?