Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो


काठमाडौँ। नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रश्ताव र पार्टी महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि १० वटा समूहको सामूहिक छलफल सकिएको हो । छलफलमा अधिकांश नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा ल्याउन नहुने कुरामा जोड दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी छलफलमा ७० वर्षे उमेर हदको विषयमा गलत भएको निष्कर्ष निकाल्दै सो प्रावधान हटाउने कुरामा पनि सबैले सहमती जनाएको उनको दाबी थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘पार्टी अध्यक्षबाट प्रश्तुत राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्षबाट प्रश्तुत विधान संशोधन सम्बन्धि प्रश्ताव र पार्टी महासचिवबाट प्रश्तुत गरिएको संगठनात्मक प्रश्ताव र विभिन्न आयोगहरुबाट प्रश्ताव भएका प्रतिवेदन र तिनीहरुको सुझावको आधारमा सिंगो हललाई विभाजन गरेर १० वटा समूह विभाजन गरेका थियौं । र, अहिले सबै समूहको छलफलको प्रक्रिया सकिएको छ । सबै दस्तावेजमाथि खुलेर जनवादी वातावरणमा लेखेर र बोलेर सुझावहरु दिनु भएको छ । सुझावहरु मुलतः प्रश्तुत गरिएका प्रतिवेदनहरुको हार्दिक स्वागत गर्दै सुझावहरु आएका छन् । अब ७० वर्षे उमेरहदका कुरा हिजो लगाउँदा पनि अध्ययन नगरी लगाइएको रहेछ । त्यसलाई हटाउनु पर्छ । र, नेतृत्वलाई उमेरको सिमा लगाएर बाँध्नु हुँदैन भन्ने मत नै अधिकांश ठाउँबाट आएका छन् । पार्टीभित्र दुई सदस्यताको कुरा छ । त्यसलाई सदर गरेको छ । मुलतः कुराहरु सदर भएका छन् । अर्को पूर्वराष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका प्रमुखहरुलाई राजनीतिमा ल्याउनु हुन्न भन्ने अधिकांश समूहमा कुरा उठेको छ । सशक्त ढंगले यी कुरा उठेका छन् । अब त्यो प्रतिवेदन प्रश्तुत हुने कुरा बाँकि छ । र भोली समूहगत प्रश्तुति बिहान ८ बजेबाट शुरु हुनेगरी व्यवस्था मिलाइएको छ ।’

एमालेले आईतवार बिहान ८ बजेबाट समूहगत छलफलबाट आएका निष्कर्षहरु प्रश्तुत गर्ने कार्यसूचि तय गरेको छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै सो महाधिवेशन सम्पन्नहुने पनि प्रचार विभाग प्रमुख गौतमले बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?