Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो


काठमाडौँ। नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रश्ताव र पार्टी महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि १० वटा समूहको सामूहिक छलफल सकिएको हो । छलफलमा अधिकांश नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा ल्याउन नहुने कुरामा जोड दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी छलफलमा ७० वर्षे उमेर हदको विषयमा गलत भएको निष्कर्ष निकाल्दै सो प्रावधान हटाउने कुरामा पनि सबैले सहमती जनाएको उनको दाबी थियो ।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने,‘पार्टी अध्यक्षबाट प्रश्तुत राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्षबाट प्रश्तुत विधान संशोधन सम्बन्धि प्रश्ताव र पार्टी महासचिवबाट प्रश्तुत गरिएको संगठनात्मक प्रश्ताव र विभिन्न आयोगहरुबाट प्रश्ताव भएका प्रतिवेदन र तिनीहरुको सुझावको आधारमा सिंगो हललाई विभाजन गरेर १० वटा समूह विभाजन गरेका थियौं । र, अहिले सबै समूहको छलफलको प्रक्रिया सकिएको छ । सबै दस्तावेजमाथि खुलेर जनवादी वातावरणमा लेखेर र बोलेर सुझावहरु दिनु भएको छ । सुझावहरु मुलतः प्रश्तुत गरिएका प्रतिवेदनहरुको हार्दिक स्वागत गर्दै सुझावहरु आएका छन् । अब ७० वर्षे उमेरहदका कुरा हिजो लगाउँदा पनि अध्ययन नगरी लगाइएको रहेछ । त्यसलाई हटाउनु पर्छ । र, नेतृत्वलाई उमेरको सिमा लगाएर बाँध्नु हुँदैन भन्ने मत नै अधिकांश ठाउँबाट आएका छन् । पार्टीभित्र दुई सदस्यताको कुरा छ । त्यसलाई सदर गरेको छ । मुलतः कुराहरु सदर भएका छन् । अर्को पूर्वराष्ट्रपति, उपराष्ट्रपति र संवैधानिक अंगका प्रमुखहरुलाई राजनीतिमा ल्याउनु हुन्न भन्ने अधिकांश समूहमा कुरा उठेको छ । सशक्त ढंगले यी कुरा उठेका छन् । अब त्यो प्रतिवेदन प्रश्तुत हुने कुरा बाँकि छ । र भोली समूहगत प्रश्तुति बिहान ८ बजेबाट शुरु हुनेगरी व्यवस्था मिलाइएको छ ।’

एमालेले आईतवार बिहान ८ बजेबाट समूहगत छलफलबाट आएका निष्कर्षहरु प्रश्तुत गर्ने कार्यसूचि तय गरेको छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै सो महाधिवेशन सम्पन्नहुने पनि प्रचार विभाग प्रमुख गौतमले बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?