Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

काँग्रेसले देशभित्रै रोजगारी सिर्जना गर्ने सपना देख्नुपर्छः गगन थापा


काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आजको नेपाली काँग्रेसले देशमा नै रोजगारी सिर्जना गरेर युवा पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका छन् । हाल देशमा पुर्वाधार विकाससँगै धेरै कुराहरु बदलिएको उनको भनाई छ । बदलिँदो परिवेशमा मानिसका आकांक्षाहरु पनि बढेको उल्लेख गर्दै उनले जुन स्वभाविक भएको बताए । नेपालबाट धेरै युवाहरु रोजगारीको लागी विदेशमा जाने गरेकोले त्यसलाई रोक्न नेपालमा नै आकर्षक रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिएका छन् । हाल कोरिया काम गर्न गएको मान्छेले मासिक दुई लाख वचत गर्ने उल्लेख गर्दै नेपालमा पनि सोही बराबरको आम्दानी हुने गरी रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । हाल ५० हजार भन्दा बढीले राम्रो रोजगारी पाउन नसकेको उनको भनाई छ । नेपालका युवाहरुलाई नेपालभित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्न काँगेस लाग्नुपर्ने उनको भनाई छ । काँग्रेसका लागी सरकारमा बस्ने, टिक्ने, रहने वा नरहने भन्ने गौण कुरा हुनुपर्ने उनले बताए । उनले काँग्रेसले देखेको सपनालाई आम नागरिकको सपना बनाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘देशभरी पूर्वाधार बनेको छ । देशभरी विकास भएको छ , थुप्रै कुराहरु बदलिएको छ । तर यो बदलिएको सँगसँगै मान्छेहरुको आकंक्षाहरु पनि बढेको छ । जुन स्वभाविक हो । हाम्रा मानिसहरु बाहिर काम गर्न गएका छन् । म अस्ति कोरिया गएर आए, कोरियामा एउटा केटोले महिनाको बचत दुई लाख छ । कमाई अडाई लाख छ । मेरो देशमा अहिले वर्षको पाँच लाख रोजगारी सिर्जना गर्नपर्छ । मैले त्यो दुई लाख दिने, एक लाख दिने तलब दिएर कति जना रोजगारी सिर्जना हुन्छ, देशमा अहिले । ४०/५० हजार मान्छे भन्दा बढीले गुणस्तरको काम पाएको अवस्था छैन । लाखौँ मान्छेलाई रोजगारी सिर्जना गर्नुपर्ने अपस्था छ । त्यो पनि फेरि सामान्य रोजगारी सिर्जना गरेर हुँदैन । राम्रो आम्दानी हुने रोजगारी सिर्जना गर्नुपर्नेछ । आजको नेपाली कांग्रेसले देख्ने सपना भनेको म नेपालका केटाकेटीहरुलाई नेपाल भित्रै बसेर राम्रो आम्दानी हुन सक्ने अवस्था निर्माण गर्छु । यसका निम्ती जे पनि गर्छु, मेरो लागी मुख्य कुरा यो हो अहिले । मेरो लागी सरकारमा बस्नु, सरकारमा टिक्नु, सरकारमा रहने नरहने भनेको गौण कुरा हुन् । म आजको दिनमा पहिला यो सपना देख्छु, त्यो सपनालाई समात्छु, त्यो प्रति एउटा विश्वास राख्छु । र मैले देखेको सपनालाई आम नागरिकको सपना बनाउँछु । र यो सपना पुरा गर्नको निम्ति यो प्रतिवद्ध छ भन्ने भरोसा दिलाउँछु ।’

विपी कोईरालाले नेपालीलाई गरिबीबाट बाहिर निकाल्ने सपना देखेको उल्लेख गर्दै उनले आजको काँग्रेसले युवालाई देशभित्रै बस्ने वातावरण बनाउने लक्ष्य राख्नुपर्ने बताए ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?