Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य छन्ः राजेन्द्र महतो


काठमाडौँ। राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले आदिवासी, जनजाति, मधेसीहरू देशमा राज्यविहीन भएर बाँच्न बाध्य भएको बताएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा आयोजना गरेको जागरण सभामा बोल्दै महतोले काँग्रेस र एमालेले आफूहरूलाई विभाजित गराएको आरोप लगाएका छन् । सोही विभाजनका कारण अहिले मधेसी, थारु, आदिवासी जनजाति राज्यविहिनको अवस्थामा रहेको उनको आरोप छ । २०७२ मा संविधान जारी हुँदा पनि आफूहरु सँगै मिलेर लडेको स्मरण गर्दै महतोले तत्काल एकीकरण नभएपनि मोर्चामै रहेर आफ्ना अधिकार तथा पहिचानका लागि मिलेर संघर्ष गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘विगतमा मधेसी, थारु, आदिवासी जनजाति, दलित, पिछडावर्गहरूले छुट्टाछुट्टै एक्ला एक्लै सङ्घर्ष गरेकाले असफल भयौँ । अब अधिकार, पहिचानका लागि मोर्चाबन्दीको विकल्प छैन ।’

अध्यक्ष महतोले मधेसको अधिकारका लागि अब सबै एक भएर लड्ने बेला भएको बताएका छन्।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?