Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा छैनन्ः अध्यक्ष यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए । नेपाली काँग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उनको आरोप छ । कहिले पनि काँग्रेस संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । काँग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि काँग्रेस संघीयताको पक्षमा छैन । कहिले पनि नेपाली काँग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र काँग्रेसको मूल मन्त्र । यो न हो । यो माला जपिरहन्छन् । कम्युनिष्टहरु नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट । न विचारमा । न आदर्शमा । न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो । जो कहिले पनि नेपालमा संघीयता र समावेशिताको पक्षमा छैनन् । अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार संघीयतामाथि गरिरहेका छन् । यो देखावटी संघीयता हो । नक्कली संघीयता हो । अपाङ्ग संघीयता हो ।’

अध्यक्ष यादवले प्रदेश सरकारको अधिकार, कानून केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?