Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा छैनन्ः अध्यक्ष यादव


काठमाडौँ। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले काँग्रेस र कम्युनिष्टहरु संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले अहिले सबैभन्दा बढी संकटमा संघीय लोकतान्त्रिक गणतन्त्र रहेको बताए । नेपाली काँग्रेस र कम्युनिष्टको कारण नै संघीयता संकटमा रहेको उनको आरोप छ । कहिले पनि काँग्रेस संघीयताको पक्षमा नरहेको आरोप लगाएका छन् । नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताउँदै कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात जम्मा भएको आरोप पनि लगाएका छन् ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा धेरै संकटमा छ । धरापमा छ । काँग्रेस र कम्युनिष्टको कारण हो । कहिले पनि काँग्रेस संघीयताको पक्षमा छैन । कहिले पनि नेपाली काँग्रेस गणतन्त्रको पक्षमा थिएन । बहुदलीय प्रजातन्त्र, संवैधानिक राजतन्त्र काँग्रेसको मूल मन्त्र । यो न हो । यो माला जपिरहन्छन् । कम्युनिष्टहरु नेपालमा वास्तवमा छँदै छैनन् । न सिद्धान्तमा कम्युनिष्ट । न विचारमा । न आदर्शमा । न चरित्रमा । कम्युनिष्टको साइनबोर्ड लगाएर सबै कमाउने र अवसरवादीको जमात हो । जो कहिले पनि नेपालमा संघीयता र समावेशिताको पक्षमा छैनन् । अहिले दुवै मिलेर सबैभन्दा धेरै प्रहार संघीयतामाथि गरिरहेका छन् । यो देखावटी संघीयता हो । नक्कली संघीयता हो । अपाङ्ग संघीयता हो ।’

अध्यक्ष यादवले प्रदेश सरकारको अधिकार, कानून केही नरहेको भन्दै यस्तो सरकार हुन नसक्ने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?