Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

हामी अलग अलग भएपनि एकसाथ लड्छौँ, एकसाथ मर्छौंः महन्थ ठाकुर


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाइ भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरु एक भएको बताए । मधेसी राजनीतिक दलहरुको एउटै आवाज रहेको बताउँदै अलग अलग पार्टी भएपनि मधेसी मुद्दामा एकै ठाउँमा रहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ । त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ, हामी अलग अलग भएर पनि एक साथ लड्छौँ । एकसाथ मर्छौं त्यसैले यहाँ जम्मा भएका छौँ । यो आवश्यकता हो । आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ । मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।’

अध्यक्ष ठाकुरले मधेसको मामिलामा आफूहरु एक रहेको र अन्तिमसम्म एक भएर लड्ने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?