Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

हामी अलग अलग भएपनि एकसाथ लड्छौँ, एकसाथ मर्छौंः महन्थ ठाकुर


काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाइ भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा शुक्रवार आयोजना गरेको वर्तमान राजनीतिक अवस्थाः जनजागरण अभियानलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले मधेसी नागरिकलाई भगाउने प्रयास हुँदा आफूहरु एक भएको बताए । मधेसी राजनीतिक दलहरुको एउटै आवाज रहेको बताउँदै अलग अलग पार्टी भएपनि मधेसी मुद्दामा एकै ठाउँमा रहेको बताएका छन् ।

उनले भने, ‘हामीलाई भगाउने प्रयास भइरहेको छ । त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ, हामी अलग अलग भएर पनि एक साथ लड्छौँ । एकसाथ मर्छौं त्यसैले यहाँ जम्मा भएका छौँ । यो आवश्यकता हो । आपसमा चाहे जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ । मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।’

अध्यक्ष ठाकुरले मधेसको मामिलामा आफूहरु एक रहेको र अन्तिमसम्म एक भएर लड्ने बताएका छन् ।


प्रकाशित मिति: २१ भाद्र २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?