Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

एमाले विधान महाधिवेशनमा ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश


काठमाडौँ। एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

शुक्रवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा भर्खरै सो प्रतिवेदन पेश गरेका हुन् । ९१ पृष्ठ लामो सो प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, विदेश नीतिलगायतका चर्चा गरिएको छ । प्रतिवेदनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी २०८४ सालको निर्वाचनको तयारी जुटन पनि आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘आगामी २०८४ सालको निर्वाचनलाई मुख्य केन्द्रमा राखेर पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्नका लागि आह्वान गरिएको छ । यो भनेको नेकपा एमालेको नेतृत्वमा एउटा सिंगल मेजरिटी ल्याउने गरी पार्टी काम परिचालित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ । पार्टीलाई एकतावद्ध र सुढृढ बनाएर लैजानुपर्नेमा जोड दिइएको छ । मुलुकलाई समृद्ध बनाउन पार्टी निर्माणमा जोड दिइएको छ ।’

यसपछि अहिले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रश्ताव प्रश्तुत गरिरहनुभएको पनि प्रचार विभाग प्रमुख गौतमले बताए । एमालेले आजै महासचिव शंकर पोखरेलको सांगठानिक प्रश्ताव, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको प्रतिवेदन पनि आजै पेश हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख गौतमकाअनुसार भोलीबाट ती प्रतिवदेनमाथि नौं वटा समूह बनाएर छलफल हुनेछ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?