Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

एमाले विधान महाधिवेशनमा ओलीद्वारा राजनीतिक प्रतिवेदन पेश


काठमाडौँ। एमाले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

शुक्रवार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले विधान महाधिवेशनमा भर्खरै सो प्रतिवेदन पेश गरेका हुन् । ९१ पृष्ठ लामो सो प्रतिवेदनमा समसामयिक राजनीतिक परिस्थिति, विदेश नीतिलगायतका चर्चा गरिएको छ । प्रतिवेदनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने गरी २०८४ सालको निर्वाचनको तयारी जुटन पनि आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

उनले भने, ‘आगामी २०८४ सालको निर्वाचनलाई मुख्य केन्द्रमा राखेर पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा निर्माण गर्नका लागि आह्वान गरिएको छ । यो भनेको नेकपा एमालेको नेतृत्वमा एउटा सिंगल मेजरिटी ल्याउने गरी पार्टी काम परिचालित गर्ने गरी काम गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ । पार्टीलाई एकतावद्ध र सुढृढ बनाएर लैजानुपर्नेमा जोड दिइएको छ । मुलुकलाई समृद्ध बनाउन पार्टी निर्माणमा जोड दिइएको छ ।’

यसपछि अहिले उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रश्ताव प्रश्तुत गरिरहनुभएको पनि प्रचार विभाग प्रमुख गौतमले बताए । एमालेले आजै महासचिव शंकर पोखरेलको सांगठानिक प्रश्ताव, निर्वाचन आयोग, लेखा आयोग, अनुशासन आयोगको प्रतिवेदन पनि आजै पेश हुने एमालेले जनाएको छ । प्रचार विभाग प्रमुख गौतमकाअनुसार भोलीबाट ती प्रतिवदेनमाथि नौं वटा समूह बनाएर छलफल हुनेछ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?