Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरणः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उनको दाबी छ । उनले पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रशंसा गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको रुपमा लोकेन्द्रबहादुर चन्दले देश र जनताको सर्वोपरी हितका निमित्त गर्नुभएका कार्य सदैव अविस्मरणीय रहनेछन् । हरेक राजनीतिक परिवर्तनको बेलामा जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर उहाँले धेरै ठूलो योगदान पु¥याउनुभएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अलि अन्यौल र असमाञ्न्जस्यको स्थितिमा पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनामा उहाँको नेतृत्वकारी भूमिका रहेको छ । आज हामी जो जहाँ भएपनि हाम्रो मूल एउटै हो, हामी एउटै परिवारका सदस्य हौँ । त्यो परिवारको स्थापना गराउने मुख्य संस्थापक लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो ।’

आफूलाई जन्म दिनेहरुलाई ओझेलमा पारेर अपमान कसैको हित हुन नसक्ने उल्लेख गर्दै यसतर्फ सबै सचेत रहन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?