Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरणः कमल थापा


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित राप्रपाका संस्थापक एवं पूर्वप्रधानमन्त्री चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । २०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उनको दाबी छ । उनले पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्वपूर्ण भुमिका रहेको भन्दै प्रशंसा गरेका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीको रुपमा लोकेन्द्रबहादुर चन्दले देश र जनताको सर्वोपरी हितका निमित्त गर्नुभएका कार्य सदैव अविस्मरणीय रहनेछन् । हरेक राजनीतिक परिवर्तनको बेलामा जनता र मुलुकलाई केन्द्रबिन्दुमा राखेर उहाँले धेरै ठूलो योगदान पु¥याउनुभएको छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि अलि अन्यौल र असमाञ्न्जस्यको स्थितिमा पूर्वपञ्चहरुलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापनामा उहाँको नेतृत्वकारी भूमिका रहेको छ । आज हामी जो जहाँ भएपनि हाम्रो मूल एउटै हो, हामी एउटै परिवारका सदस्य हौँ । त्यो परिवारको स्थापना गराउने मुख्य संस्थापक लोकेन्द्रबहादुर चन्द हुनुहुन्थ्यो ।’

आफूलाई जन्म दिनेहरुलाई ओझेलमा पारेर अपमान कसैको हित हुन नसक्ने उल्लेख गर्दै यसतर्फ सबै सचेत रहन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?