Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
४ कार्तिक २०८३, मंगलवार
४ कार्तिक २०८३, मंगलवार

नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका आफ्ना कथा र गौरवलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । उनले अन्नपूर्ण, शंकर हिमाल र सगरमाथा जस्ता हिमश्रृंखलामा निहित ऐतिहासिक तथा सांस्कृतिक कथालाई समेत उजागर गर्न जरुरी रहेको बताए । उनले यस महोत्सवबाट नेपालको कला तथा सांस्कृतिक मेलालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा नेपाल कला परिषद्को महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रशंसा गरेका छन्।

उनले भने, ‘हामीले हाम्रो संस्कति र हाम्रो प्रकृतिलाई विश्वसामू देखाउनुपर्नेछ । हाम्रो आफ्नै कथाहरु र यसका गौरवहरु समेत छन् । हाम्रा हिमालहरुलाई समेत विश्वसामु चिनाउनु पर्नेछ । अन्नपूर्ण हिमाल त्यसै अन्नपूर्ण हिमाल भएको होइन । त्यसका पछाडिको कथा छ । शंकर हिमाल एउटा पर्वत हिमश्रृंखलाको रुपमा मात्रै छैन । त्यसका पछाडि पनि कथा छन् । सगरमाथाका पछाडि पनि कथा छ । यी कथाहरुलाई हामीले प्रकृतिका कथा र संस्कृतिका कथाहरु जसमा हाम्रो पुर्खाको योगदान समेत मिसिएको छ । यो दिशामा आर्ट काउन्सिलले लामो समयदेखि काम गरिरहको छ । यद्धपी सरकारको सहयोग कहिले प्राप्त भएको छ त कहिले प्राप्त भएको छ । सरकारको सहयोग प्राप्त हुँदा वा नहुँदा अविछिन्न ढंगले जुन काम अगाडि बढाएको छ । हामीले सरकार र निजी क्षेत्रलाई समन्वय गर्ने भएकोले पर्यटन बोर्डलाई पनि यहाँ जोडेका हौँ । महोत्सवलाई सफल बनाएर यसले संस्कृति र पर्यटनको क्षेत्रमा एउटा बाटो देखाओस् भन्ने कामना गर्दछु ।’

पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सरकार क्रियाशील रहेको समेत मन्त्री पाण्डेको भनाइ छ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?