Trending
>>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना >>   १० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो >>   एमालेभित्र तल्लो तहबाटै स्वतःस्फूर्त समीक्षा शुरु >>   नेपालमा लगानीको अपार सम्भावना छ, ढुक्क भएर लगानी गर्नुस्ः अध्यक्ष ढकाल >>   नम्बर नमिलेको जुत्ता >>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

नेपालका हिमाल र सांस्कृतिक धरोहरमा निहित कथाहरु उजागर गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड


काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रवारदेखि काठमाडौंमा शुरु भएको नेपाल कला तथा संस्कृति महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले नेपालका हिमालदेखि सांस्कृतिक धरोहरसम्मका आफ्ना कथा र गौरवलाई अन्तर्राष्ट्रिय तहमा प्रचारप्रसार गर्नुपर्नेमा जोड दिएका छन् । उनले अन्नपूर्ण, शंकर हिमाल र सगरमाथा जस्ता हिमश्रृंखलामा निहित ऐतिहासिक तथा सांस्कृतिक कथालाई समेत उजागर गर्न जरुरी रहेको बताए । उनले यस महोत्सवबाट नेपालको कला तथा सांस्कृतिक मेलालाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालको पर्यटन प्रवद्र्धनमा नेपाल कला परिषद्को महत्वपूर्ण योगदान रहेको भन्दै उनले प्रशंसा गरेका छन्।

उनले भने, ‘हामीले हाम्रो संस्कति र हाम्रो प्रकृतिलाई विश्वसामू देखाउनुपर्नेछ । हाम्रो आफ्नै कथाहरु र यसका गौरवहरु समेत छन् । हाम्रा हिमालहरुलाई समेत विश्वसामु चिनाउनु पर्नेछ । अन्नपूर्ण हिमाल त्यसै अन्नपूर्ण हिमाल भएको होइन । त्यसका पछाडिको कथा छ । शंकर हिमाल एउटा पर्वत हिमश्रृंखलाको रुपमा मात्रै छैन । त्यसका पछाडि पनि कथा छन् । सगरमाथाका पछाडि पनि कथा छ । यी कथाहरुलाई हामीले प्रकृतिका कथा र संस्कृतिका कथाहरु जसमा हाम्रो पुर्खाको योगदान समेत मिसिएको छ । यो दिशामा आर्ट काउन्सिलले लामो समयदेखि काम गरिरहको छ । यद्धपी सरकारको सहयोग कहिले प्राप्त भएको छ त कहिले प्राप्त भएको छ । सरकारको सहयोग प्राप्त हुँदा वा नहुँदा अविछिन्न ढंगले जुन काम अगाडि बढाएको छ । हामीले सरकार र निजी क्षेत्रलाई समन्वय गर्ने भएकोले पर्यटन बोर्डलाई पनि यहाँ जोडेका हौँ । महोत्सवलाई सफल बनाएर यसले संस्कृति र पर्यटनको क्षेत्रमा एउटा बाटो देखाओस् भन्ने कामना गर्दछु ।’

पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सरकार क्रियाशील रहेको समेत मन्त्री पाण्डेको भनाइ छ ।


प्रकाशित मिति: २० भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?