Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा


२६ चैत ,कर्णाली । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीले राजीनामा दिएका छन्‌ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिएका हुन्‌ ।

मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामुहिक राजीनामा दिएका हुन्‌ । मुख्यमन्त्री शर्माले गत माघ ११ गते उनिहरुलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ ।

एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री भएका उनले माघ ६ गते विश्वासको मत लिएका थिए ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?