Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो….


२६ चैत ,काठमाडौँ । संयुक्त वाममोर्चा संलग्न नेपाली कांग्रेस नेतृत्वको आन्दोलनरत दलहरुसँग २०४६ साल चैत २६ गते मध्यरात नारायणहिटी राजदरबारमा वार्ता भयो । तत्कालीन पञ्चायती शासक राजनीतिक दलहरुमाथिको प्रतिवन्ध फुक्का गर्न राजी भयो । त्यसको भोलिपल्ट चैत २७ गते टुँडिखेल खुलामञ्चमा भेला भएर जनताले विजयोत्सव मनाए ।

खुशियाली मनाइरहेका जनसमुदायको त्यस घडीको एउटा फोटोले त्यसबेला निक्कै चर्चा बटुल्यो – त्यतिखेरको राजनीतिक माहोल र जनभावना प्रतिबिम्वित गर्न सकेको भनेर । प्रतिवन्धित दलका झण्डाहरुमाझ सेतो पहिरनमा रहेकी एक महिलाले उल्लासमा दुबै हात उठाइरहेको फोटो थियो त्यो । ती महिला दुर्गा थापा थिईन्‌ ।

त्यस ऐतिहासिक क्षणलाई क्यामेरामा कैद गर्नुभएका फोटो पत्रकार मीनरत्न बज्राचार्य भन्छन्‌, “निरङ्कुशताविरुद्धको जनताको ऐक्यवद्धताका साथसाथै जनबल कति शक्तिशाली हुन्छ भनेर पनि सन्देश दिन सकेको भनेर राजनीतिक विश्लेषकहरुले यस फोटोलाई हेरेर अथ्र्याउने गरेका छन् ।”

त्यो फोटो समग्र जनआन्दोलनकै प्रतीक बन्यो । चैत २७ गतेको दिन खुलामञ्चबाट आफूले क्यामेराको ‘सटर स्पीड’ दबाउँदै गर्दा लेन्समा देखापरेपछि अनायासै तिनै महिलाको केही ‘सट’ खिचेको उनि स्मरण गर्छन्‌ । यो फोटो जताततै छापिन थालेपछि छविकार बज्राचार्य र आन्दोलनकारी थापा दुबै चर्चित बने ।

थापाले २०६२–६३ को जनआन्दोलनमा पनि सक्रिय सहभागिता जनाएका थिए । त्यस बखत भीडको माझ अबीरले रङ्गिनु भएका उहाँको फोटो समेत पत्रकार बज्राचार्यले खिच्न भ्याएका थिए । थापालाई ६२–६३ को जनआन्दोलनसम्मै सञ्चारकर्मी विशेष गरी फोटो पत्रकारहरुले पछ्याइआएका थिए ।

थापा हिजोआज त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अध्यागमन अधिकृत (तेश्रो तह) मा कार्यरत छिन्‌ । ६२/६३ सालको जनआन्दोलनताका तरुण दलको जिल्ला सदस्य रहेकि उनि लोकतन्त्र बहालीको आन्दोलनमा आफू थुप्रै पटक गिरफ्तारीमा परेको सुनाउछिन्‌ ।

विद्यार्थी छँदादेखि उनि राजनीतिमा लागेकि थिईन्‌ । समाज रुपान्तरणको सङ्घर्षमा होमिएर धेरै कष्ट उठाएको बताउनुहुने उनिअहिले कुनै नेताले आफ्नो त्यस बखतको समर्पणलाई सम्झेर स्याबासी दिए त्यसैलाई पुरस्कार ठान्छु भन्छिन्‌ । विषयवस्तुसँग तादात्म्यता राख्ने भएका कारण कतिपय लेखकहरुले आफ्नो पुस्तकको आवरणलाई यो फोटोले सजाएका छन् । ‘डन अफ डेमोक्रेसी’, ‘नेपालस् स्ट्रगल फर डेमोक्रेसी’, ‘दि डान्सिङ डेमोक्रेसी’ पुस्तक केही उदाहरण हुन् ।

केही पुस्तक प्रकाशोन्मुख रहेको बुझिएको छ । कतिपयका गीति एल्बममा पनि यो फोटो परेका छन् । समाचारसँगसँगै यो फोटोलाई छाप्ने अखबार र पत्रपत्रिका बगे्रल्ती छन् । यही फोटोलाई अब फेरि ‘मुनाल’ भू–उपग्रहमा टाँस्न आफूसँग अनुमति मागिएबाट बजाचार्य खुशी छन्‌ । “अन्तरिक्षमा पठाउने भनी प्लस २ का विद्यार्थीहरुको एक समूहले तयार गरेको नेपालको भू–उपग्रहमा यस फोटोले ठाउँ पाए त्यो अर्काे सन्तोषको विषय हुनेछ”, प्रफुल्ल हुँदै बज्राचार्यले भने ।


प्रकाशित मिति: २६ चैत्र २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?