Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै अहिलेसम्म् सरकार अघि बढिरहेको र सरकारले तिब्रगतिमा काम अघि बढाउन नसकेपनि निरन्तर काम गरिरहेको बताएका छन् । सुधारका कामहरु विभिन्न क्षेत्रमा शुरु भएको बताउदै उनले कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने काम भएको जिकिर गरेका छन् । उनले अझै सरकारलाई चम्किलो बनाउनुपर्ने जरुरी रहेको बताए ।

उपसभापति खड्काले भने, ‘श्रद्धेय सभापति शेरबहादुर देउवाज्यु र नेकपा एमालेका अध्यक्ष केपी ओलीजी अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो पार्टीसहितको सरकारले सात बुँदे सहमतिको जगमा यो सरकार अघि बढेको छ । सुधारका कुराहरु पनि अघि बढाएका छौँ । विभिन्न ऐन, कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने, यहाँ लगानी गरेर कमाएको सम्पतीलाई आइटी सेक्टरबाट संसारभर लगानी गर्न पाउने संशोधन सुधार अघि बढाएका छौँ । जुन वेगमा, गतिमा हामीले काम गर्नुपर्ने थियो, त्यो भएको छैन तर काम निरन्तर अघि बढिरहेको छ । अघि बढाउनुछ । अझै सरकारलाई चम्किलो बनाउनु छ । संघ, प्रदेश र स्थानीय तहमा हामी पहिलो पार्टी छौँ । त्यसैले हाम्रो दायित्व बढी छ ।’

उपसभापति खड्काले काँग्रेस एकतावद्ध भएर जाने हो भने ०८४ मा कोहीसँग गठबन्धन गर्नु नपर्ने र एक्लै बहुमत ल्याउनसक्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?