Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

सरकारलाई अझै चम्किलो बनाउनुपर्नेछः उपसभापति खड्का


काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकार निरन्तर विकासका काममा अघि बढिरहेको बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिअनुसार नै अहिलेसम्म् सरकार अघि बढिरहेको र सरकारले तिब्रगतिमा काम अघि बढाउन नसकेपनि निरन्तर काम गरिरहेको बताएका छन् । सुधारका कामहरु विभिन्न क्षेत्रमा शुरु भएको बताउदै उनले कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने काम भएको जिकिर गरेका छन् । उनले अझै सरकारलाई चम्किलो बनाउनुपर्ने जरुरी रहेको बताए ।

उपसभापति खड्काले भने, ‘श्रद्धेय सभापति शेरबहादुर देउवाज्यु र नेकपा एमालेका अध्यक्ष केपी ओलीजी अहिले सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ । हाम्रो पार्टीसहितको सरकारले सात बुँदे सहमतिको जगमा यो सरकार अघि बढेको छ । सुधारका कुराहरु पनि अघि बढाएका छौँ । विभिन्न ऐन, कानून संशोधनमार्फत मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि विदेशबाट लगानी ल्याउने, यहाँ लगानी गरेर कमाएको सम्पतीलाई आइटी सेक्टरबाट संसारभर लगानी गर्न पाउने संशोधन सुधार अघि बढाएका छौँ । जुन वेगमा, गतिमा हामीले काम गर्नुपर्ने थियो, त्यो भएको छैन तर काम निरन्तर अघि बढिरहेको छ । अघि बढाउनुछ । अझै सरकारलाई चम्किलो बनाउनु छ । संघ, प्रदेश र स्थानीय तहमा हामी पहिलो पार्टी छौँ । त्यसैले हाम्रो दायित्व बढी छ ।’

उपसभापति खड्काले काँग्रेस एकतावद्ध भएर जाने हो भने ०८४ मा कोहीसँग गठबन्धन गर्नु नपर्ने र एक्लै बहुमत ल्याउनसक्ने दाबी गरेका छन् ।


प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?