Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विवादित विधेयकहरु संसदमा नल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, संघीय निजामति विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने उनको भनाइ छ । उनले सहिदको बलिदानबाट प्राप्त व्यवस्थामाथि छलछाम र षड्यन्त्र गर्न नहुने भन्दै राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकमा फोन, म्यासेज र संवाद ट्यापिङको व्यवस्था नागरिकको गोपनीयतामाथि गम्भीर आघात हुने बताएका छन् ।

उनले भने, ‘भूमि विधेयक विवादमा पर्यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । संघीय निजामति विधेयकको त कुरै न गरौं । फेरि मुलुकि संहितासम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लत्पतिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आधघात पुग्नेगरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुनेगरी आउन लागिएको राष्ट्रिय अनुसन्धा विभागसम्बन्धी विधेयक किल ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’

उनले कानून निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?