Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

विवादित विधेयक सदनमा नल्याउन सरकारलाई माओवादी केन्द्रको आग्रह


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विवादित विधेयकहरु संसदमा नल्याउन सरकारसँग आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले भूमि विधेयक, मिडिया काउन्सिल विधेयक, संघीय निजामति विधेयक तथा मुलुकी संहितासम्बन्धी विधेयक विवादास्पद रहेको उल्लेख गर्दै यस्ता प्रस्तावले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि षड्यन्त्र हुने उनको भनाइ छ । उनले सहिदको बलिदानबाट प्राप्त व्यवस्थामाथि छलछाम र षड्यन्त्र गर्न नहुने भन्दै राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकमा फोन, म्यासेज र संवाद ट्यापिङको व्यवस्था नागरिकको गोपनीयतामाथि गम्भीर आघात हुने बताएका छन् ।

उनले भने, ‘भूमि विधेयक विवादमा पर्यो । मिडिया काउन्सिल विधेयक पनि त्यस्तै छ । संघीय निजामति विधेयकको त कुरै न गरौं । फेरि मुलुकि संहितासम्बन्धित विवादित भएर ल्याइँदैछ भन्ने सूचना आएको छ । सहिदको बलिदानमा लत्पतिएर आएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धोका, छलछाम र षड्यन्त्र गर्न पाइदैन सभामुख महोदय । नागरिकको गोपनीयतामाथि गम्भीर आधघात पुग्नेगरी फोन कल, म्यासेज, संवादलाई समेत ट्यापिङ हुनेगरी आउन लागिएको राष्ट्रिय अनुसन्धा विभागसम्बन्धी विधेयक किल ल्याउन खोजिएको सम्माननीय सभामुख महोदय । यस्ता खालका विवादित नल्याउनका लागि सरकारसमक्ष हार्दिक अनुरोध गर्न चाहन्छु ।’

उनले कानून निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?