Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

विपिन जोशीको उद्धारको लागि प्रभावकारी कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण


काठमाडौँ। नेकपा (एमाले)का सांसद ठाकुर गैरेले इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको उद्धारका कुटनीतिक पहल अझ प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले जोशीको आमा र छोरी हाल इजरायल पुगेको अवस्थामा उनको वास्तविक अवस्था पत्ता लगाई स्वदेश फर्काउने वातावरण निर्माण गर्न माग समेत गरेका छन् । उनले विश्वशान्तीको पक्षमा सधैं उभिएको नेपालका एक नागरिकलाई युद्धको नाममा बन्धक बनाइनु वा बेपत्ता पारिनु गलत मात्र नभई अमानवीय कार्य भएको भन्दै यस्तो कार्य रोकिनुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘इजरायलमा बेपत्ता भएका नेपाली विद्यार्थी वीपीन जोशीलाई घर फर्कनको लागि नेपाल सरकारले गरिरहेको कुटनीतिक पहललाई अझ प्रभावकारी बनाएर आमा र छोरी इजरायल पुगेको यो बेलामा उनको यर्थाथ स्थिति पत्ता लाग्ने र नेपालमा स्वागत गर्न पाउने वातावरण निर्माण गर्न सदनको ध्यानाकर्षण गर्न चाहान्छु । विश्वशान्तीको पक्षमा सधैं खडा भएको नेपालले आफ्नो एउटा नागरिक युद्धको नाममा बन्धक बनाइनु, बेपत्ता पारिनु गलत मात्र होइन अमानवीय कार्य हो । यस्तो कार्य बन्द हुनुपर्छ ।’

प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको मृत्यु भएको थियो । जोशी बेपत्ता भएका थिए । उनको अवस्था अझै अज्ञात छ ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?