Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
५ कार्तिक २०८३, बुधबार
५ कार्तिक २०८३, बुधबार

कोशी प्रदेशको भाषा विधेयकमा थारु भाषा समावेश नगरेको भन्दै सांसद चौधरीको आपत्ति


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा थारु भाषा समावेश नगरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले कोशी प्रदेश मन्त्रिपरिषद्ले साउन १५ गते पारित गरी २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको विधेयकमा नेपालीसँगै केवल मैथिली र लिम्बु भाषा समावेश गरिएको भन्दै थारु भाषा बहिष्कृत हुनु संघीयताको मर्मविपरीत भएको आरोप लगाएका छन् । उनले कोशी प्रदेशमा ४ दशमलव २२ प्रतिशत नागरिकको मातृभाषा रहेको थारु भाषालाई उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथि निर्मम प्रहार भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कोशी प्रदेश सरकारले यही साउन १५ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा नेपाली भाषासँगै केवल मैथली भाषा र लिम्बु भाषालाई समावेश गरेकोमा गम्भीर आपत्ति प्रकट गर्दछु । कोशी प्रदेशका ४ दशमलव २२ प्रतिशत नागरिकको मातृ भाषा रहेको थारु भाषालाई संघीयताको मर्मविपरित उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथिको निर्मम प्रहार हो । जसको म घोर भत्र्सना गर्दछु । तर्सथ थारु भाषालाई पनि प्रदेशको कामकाजको भाषामा तत्काल समावेश गर्न सभामुख महोदयमार्फत कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’

चौधरीले सभामुखमार्फत कोशी प्रदेश सरकारलाई तत्काल थारु भाषालाई पनि सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेका छन् । उनले सरकारले सहकारी ठग गितेन्द्रबाबु राईलाई कहाँ लुकाएको छ ? भन्दै प्रश्न समेत गरेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?