Trending
>>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै >>   क्षमताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्छः सपना प्रधान मल्ल >>   अध्ययन, निष्ठा र अनुशासन नै सफलताको पूर्वशर्तः न्यायाधीश थापा
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

कोशी प्रदेशको भाषा विधेयकमा थारु भाषा समावेश नगरेको भन्दै सांसद चौधरीको आपत्ति


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा थारु भाषा समावेश नगरेकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले कोशी प्रदेश मन्त्रिपरिषद्ले साउन १५ गते पारित गरी २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको विधेयकमा नेपालीसँगै केवल मैथिली र लिम्बु भाषा समावेश गरिएको भन्दै थारु भाषा बहिष्कृत हुनु संघीयताको मर्मविपरीत भएको आरोप लगाएका छन् । उनले कोशी प्रदेशमा ४ दशमलव २२ प्रतिशत नागरिकको मातृभाषा रहेको थारु भाषालाई उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथि निर्मम प्रहार भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘कोशी प्रदेश सरकारले यही साउन १५ गतेको मन्त्रिपरिषद् बैठकबाट पारित गरेको २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याएको प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा नेपाली भाषासँगै केवल मैथली भाषा र लिम्बु भाषालाई समावेश गरेकोमा गम्भीर आपत्ति प्रकट गर्दछु । कोशी प्रदेशका ४ दशमलव २२ प्रतिशत नागरिकको मातृ भाषा रहेको थारु भाषालाई संघीयताको मर्मविपरित उपेक्षा गर्नु आदिवासी थारु भाषा र संस्कृतिमाथिको निर्मम प्रहार हो । जसको म घोर भत्र्सना गर्दछु । तर्सथ थारु भाषालाई पनि प्रदेशको कामकाजको भाषामा तत्काल समावेश गर्न सभामुख महोदयमार्फत कोशी प्रदेश सरकारसँग जोडदार माग गर्दछु ।’

चौधरीले सभामुखमार्फत कोशी प्रदेश सरकारलाई तत्काल थारु भाषालाई पनि सरकारी कामकाजको भाषामा समावेश गर्न माग गरेका छन् । उनले सरकारले सहकारी ठग गितेन्द्रबाबु राईलाई कहाँ लुकाएको छ ? भन्दै प्रश्न समेत गरेका छन् ।


प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?