Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

संस्कृति नीति छिटै पारित हुन्छः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लामो समयदेखि मन्त्रिपरिषद्मा अल्झिएको संस्कृति नीति छिट्टै पारित हुने बताएका छन् ।

मंगलवार संग्रहालय (द म्युजियम) विमोचन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । प्रधानमन्त्री स्वयंले संस्कृति नीतिप्रति विशेष रुचि देखाएका कारण उहाँलाई आवश्यक ब्रिफिङ गर्ने तयारी भइरहेको मन्त्री पाण्डेको भनाइ छ । उनले नेपालको संस्कृतिभित्रको बहुआयामिक पाटोलाई उजागर गर्नेगरी संस्कृति नीति ल्याइने बताए ।

संस्कृतिलाई समाज, व्यक्ति र संस्थाको प्राण तत्वका रूपमा परिभाषित गर्दै यसको बहुआयामिक पक्ष जनमानसमा फैलाउन सरकार प्रयासरत रहेको पनि बताउदै भोलिको दिनमा देशलाई सही ठाउँमा जानको लागि संस्कृतिले दिशावोध गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले संस्कृतिभित्रका विभिन्न पाटोहरुलाई कसरी उजागर गर्ने र यसलाई जनमानसका बीचमा सबैले लिएर जाने कुरामा हामी प्रयास गरिरहेका छौं । संस्कृति भनेको कुनैपनि समाजको, कुनैपनि व्यक्तिको र संस्थाको प्राण तत्व नै हो । यो एउटा भावनात्मक पक्ष नै हो । यो भयो भने मात्र हामी बाहिरी कुरा सिर्जना गर्न सक्छौं । त्यसैले संस्कृति महत्वपूर्ण कुरा हो । त्यसले नै हामीलाई बलियो बनाउँछ । यसले हामीलाई आशा गर्ने एउटा सञ्चार विकास गर्छ । भोलिको दिनमा ठिक ठाउँमा जाने, ठिक काम गर्नको लागि दिशाबोध गर्छ । त्यसकारण संस्कृतिलाई पनि हामीले यसका बहुआयामिक पाटो लिएर जाने कोशिस गरिरहेका छौं । संस्कृति नीति लामो समयदेखि मन्त्रिपरिषद्मा छ । हामी त्यसलाई पास गर्ने निकट सन्ध्यामा छौं । प्रधानमन्त्री स्वयंले संस्कृति नीतिमा आफ्नो विषेश रुची भएको कारण ब्रिफ्रिङ चाहिन्छ भन्नुभएको कारणले उहाँलाई अवगत गराउँछौं । त्यसपछि हामी मन्त्रिपरिषद्बाट संस्कृति नीति पास गर्छौं ।’

मन्त्री पाण्डेले देशभर रहेका संग्रहालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?