Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

संस्कृति नीति छिटै पारित हुन्छः मन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लामो समयदेखि मन्त्रिपरिषद्मा अल्झिएको संस्कृति नीति छिट्टै पारित हुने बताएका छन् ।

मंगलवार संग्रहालय (द म्युजियम) विमोचन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । प्रधानमन्त्री स्वयंले संस्कृति नीतिप्रति विशेष रुचि देखाएका कारण उहाँलाई आवश्यक ब्रिफिङ गर्ने तयारी भइरहेको मन्त्री पाण्डेको भनाइ छ । उनले नेपालको संस्कृतिभित्रको बहुआयामिक पाटोलाई उजागर गर्नेगरी संस्कृति नीति ल्याइने बताए ।

संस्कृतिलाई समाज, व्यक्ति र संस्थाको प्राण तत्वका रूपमा परिभाषित गर्दै यसको बहुआयामिक पक्ष जनमानसमा फैलाउन सरकार प्रयासरत रहेको पनि बताउदै भोलिको दिनमा देशलाई सही ठाउँमा जानको लागि संस्कृतिले दिशावोध गर्ने उनको भनाइ छ ।

उनले भने, ‘हामीले संस्कृतिभित्रका विभिन्न पाटोहरुलाई कसरी उजागर गर्ने र यसलाई जनमानसका बीचमा सबैले लिएर जाने कुरामा हामी प्रयास गरिरहेका छौं । संस्कृति भनेको कुनैपनि समाजको, कुनैपनि व्यक्तिको र संस्थाको प्राण तत्व नै हो । यो एउटा भावनात्मक पक्ष नै हो । यो भयो भने मात्र हामी बाहिरी कुरा सिर्जना गर्न सक्छौं । त्यसैले संस्कृति महत्वपूर्ण कुरा हो । त्यसले नै हामीलाई बलियो बनाउँछ । यसले हामीलाई आशा गर्ने एउटा सञ्चार विकास गर्छ । भोलिको दिनमा ठिक ठाउँमा जाने, ठिक काम गर्नको लागि दिशाबोध गर्छ । त्यसकारण संस्कृतिलाई पनि हामीले यसका बहुआयामिक पाटो लिएर जाने कोशिस गरिरहेका छौं । संस्कृति नीति लामो समयदेखि मन्त्रिपरिषद्मा छ । हामी त्यसलाई पास गर्ने निकट सन्ध्यामा छौं । प्रधानमन्त्री स्वयंले संस्कृति नीतिमा आफ्नो विषेश रुची भएको कारण ब्रिफ्रिङ चाहिन्छ भन्नुभएको कारणले उहाँलाई अवगत गराउँछौं । त्यसपछि हामी मन्त्रिपरिषद्बाट संस्कृति नीति पास गर्छौं ।’

मन्त्री पाण्डेले देशभर रहेका संग्रहालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले आवश्यक गृहकार्य गरिरहेको पनि बताएका छन् ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?