Trending
>>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी >>   ‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रश्ताव >>   ‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर >>   भृकुटीमण्डपमा तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै >>   पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे >>   सर्वोच्चको फैसला नआउन्जेलसम्म खड्का–कोईराला पक्षले गगनलाई सभापति नमान्ने >>   खेलकुदलाई विद्यालयको पाठ्यक्रममै जोड्ने शिक्षामन्त्री पोखरेलको घोषणा >>   सहकारी पीडितको वचत फिर्तामा सरकार संवेदनशील, १ लाख मुनिकालाई प्राथमिकता >>   सरकारद्वारा चैत १९ मा संघीय संसदको अधिवेशन आह्वान गर्न सिफारिस, संविधान संशोधनका लागि कार्यदल गठन >>   सांसदहरुलाई पूर्णबहादुर खड्काले भने–‘संविधान संशोधनको मुद्दा उठेको छ, ख्याल गर्नुहोला’
Logo
१७ चैत्र २०८२, मंगलवार
१७ चैत्र २०८२, मंगलवार

कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस्ः सांसद चौधरी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाएकि छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गरिन् । उहाँले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताइन् । उनले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले भनिन्, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्युलाई यो घट्नाको निष्पक्ष छानविन गरियोस् भन्न चाहान्छु । दोषिमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

उनले कारागरा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?