Trending
>>   काठमाडौं उपत्यका सुनसान, सडक र बजार चकमन्न >>   नेपाल प्रहरीलाई भविष्यउन्मुख बनाउने आईजीपी कार्कीको संकल्प >>   खगेन्द्र सुनारबारे सरकारः प्रक्रियाअनुसार अनुसन्धान हुन्छ >>   पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा >>   सात दशक पुरानो कानून विस्थापन गर्दै नयाँ प्रहरी विधेयक ल्याउने सरकारको तयारी >>   प्रहरी समायोजन नहुँदा संघीयता कार्यान्वयनमा चुनौती देखियोः मुख्यमन्त्री थापा मगर >>   एक दिनमा ५० पटकसम्म वालेटमा रकम जम्मा गर्न सकिने >>   पार्टीका नियमित कामबाट अलग भएर ‘समुन्नति’ को अभियानमा लाग्छुः सभापति थापा >>   अध्यादेशको विरोध गर्दै काँग्रेसले भन्योः भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ >>   नेपाल–भारत सम्बन्धलाई परिणाममुखी र आधुनिक आर्थिक साझेदारीमा बदल्नुपर्छः परराष्ट्रमन्त्री
Logo
६ कार्तिक २०८३, बिहीबार
६ कार्तिक २०८३, बिहीबार

कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस्ः सांसद चौधरी


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)की सांसद रुपा शोशी चौधरीले कैलाली कारागारमा गत शुक्रवार राति भएको झडपको विषयमा जानाजान सरकार मौन बसेको आरोप लगाएकि छिन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् । उनले सुरक्षा घेरामा बस्ने बन्दीहरुबीच झडप हुँदासम्म प्रशासन किन मौन बस्यो ? भन्दै प्रश्न गरिन् । उहाँले सुरक्षा घेराभित्र बस्ने बन्दीहरुको सुरक्षा भएन भने सर्वसाधारणले सुरक्षाको प्रत्याभुति गर्न नसक्ने बताइन् । उनले कैलाली कारागारमा भएको घटनाको निष्पक्ष छानविन गरी दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

उनले भनिन्, ‘सभामुख महोदयमार्फत म गृहमन्त्रीज्युलाई यो घट्नाको निष्पक्ष छानविन गरियोस् भन्न चाहान्छु । दोषिमाथि कारबाही होस् । कारागार सुरक्षा र मानव अधिकारको तत्काल ग्यारेन्टी गरियोस् ।’

उनले कारागरा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिररहेका एक जनाको मृत्यु भएको थियोे भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।


प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?